काठमाडौँ : यूएईले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई २ सय ६४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो ।
युएईका लागि रोहन मुस्ताफाले ७३ बल खेल्दै ७ चौका प्रहार गरी सर्वाधिक ५३ रन बनाए । ओपनर मुहमम्द वासिमले ४४ र वृत्य अरभिन्दले ४० रन बनाए । अलिशान शारफुले २९ र बसिल हमिदले १४ रन जोडे । आयान अफजल खानले २६ रन बनाए ।
नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
आज दुबै टोली जित निकाल्दै सिरिजमा सुखद सुरुआतको योजनामा रहेका छन् ।
नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ ।