डा. तोसिमा कार्कीको उम्मेदवारी आज टुंगो लाग्ने


लेखक : लेखापढी      २८ कार्तिक २०७९, सोमबार १२:२९ मा प्रकाशित     
डा. तोसिमा कार्कीको उम्मेदवारी आज टुंगो लाग्ने

काठमाडौँ । डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे आज टुंगो लाग्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर-३ मा उम्मेदवार बनेकी कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदबाट राजीनामा नदिइ डा. कार्की ललितपुर-३ मा मनोनयन दर्ता गराएकी थिइन् ।

अन्तरिम आदेशलाई निरन्तरता नदिए निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज हुने भनी गरेको निर्णय मान्य हुनेछ । र, उनी प्रतिस्पर्धाबाट बाहिरिनेछिन् ।