एकपटक एकजना युवकले जेन गुरूलाई भेटे।
युवकले भनेः “महाराज, म आफ्नो जीवनसँग धेरै दुःखी छु, कृपया मलाई यो समस्याबाट बाहिर निस्कने उपाय बताउनुहोस्!”
गुरूले भन्नुभयो, “एक गिलास पानीमा एक मुठ्ठी नुन हालेर पिउनुहोस्।”
युवकले पनि त्यसै गरे ।
“कस्तो लाग्यो स्वाद?”, गुरुले सोधे।
“धेरै नराम्रो … एकदम नुनिलाे।” युवकले थुक्दै भन्यो ।
गुरूले मुस्कुराउदै भने, “फेरि हातमा एक मुठी नुन लिएर मेरो पछि लाग।” ,
दुबै जना बिस्तारै हिड्न थाले र अलि टाढा गएपछि सफा पानीले बनेको तालको अगाडि रोकिए ।
“आऊ, अब यो नुन पानीमा हाल्नुहोस्।” , गुरुले निर्देशन दिनुभयो ।
युवकले पनि त्यसै गरे ।
“अब यो तालको पानी पिउनुहोस्।” गुरूले भने ।
युवकले पानी पिउन थाले…..
गुरूले फेरि सोधे: “मलाई भन्नुहोस् यो कस्तो स्वाद छ, के तपाईलाई अझै नुनिलाे लाग्छ?”
“होइन, यो मीठो छ, पहिलेकाे भन्दा धेरै राम्रो”, युवकले भन्यो।
गुरुले युवकको छेउमा बसेर उसको हात समातेर भने, “जीवनका दुःखहरू नुन जस्तै छन्;
यो भन्दा न कम न धेरै । जीवनमा दु:खहरू उस्तै रहन्छन, ठ्याक्कै उस्तै नुन जस्तै। तर हामीले कति (नुन) दु:खको स्वाद लिन्छौं त्यो हाम्राे भाँडोमा भर पर्छ । त्यहि भएर जब तपाईं दु: खी हुनुहुन्छ, तपाईंले आफूलाई ठूलो बनाउन सक्नुहुन्छ … गिलास नबन्नुहोस्