टी-२० विश्वकप: पाकिस्तानद्वारा इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य


लेखक : लेखापढी      २७ कार्तिक २०७९, आईतवार १५:४३ मा प्रकाशित     
टी-२० विश्वकप: पाकिस्तानद्वारा इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ ।

मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय  ३७ रन बनायो ।

बाबर आजमले २८ बलमा ३२ रन बनाउँदा साधव खानले १४ बलमा २० बनाए । ओपनर महम्मद रिजवानले १४ बलमा १४ रन बनाए ।

महम्मद ह्यारिसले १२ बलमा ८ रन बनाउँदा इफ्तिाखार अहमेदले ६ बलमा एक रन पनि बनाउन सकेनन् ।

अन्तिम चार ओभरमा पाकिस्तानले १८ रन मात्रै बनाउँदा ४ विकेट गुमाउन पुग्यो । जसले गर्दा पाकिस्ताने १५० रन पनि कटाउन सकेन ।