पहिलो पटक नेपालले विश्वकपको आयोजना गर्ने: २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा


लेखक : लेखापढी      २७ कार्तिक २०७९, आईतवार ११:४९ मा प्रकाशित     
पहिलो पटक नेपालले विश्वकपको आयोजना गर्ने:  २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा

काठमाडौं । नेपालमा पहिलो पटक आईसीसी विश्वकप क्रिकेट आयोजना हुने भएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएर याे माैका पाएकाे हाे । 

सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका हुन् ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो ।