टी-२० विश्वकप: उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै


लेखक : लेखापढी      २७ कार्तिक २०७९, आईतवार ११:०३ मा प्रकाशित     
टी-२० विश्वकप: उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।

दुवै पूर्व विजेता हुन् भने तेस्रो पटक टी-२० विश्वकप फाइनल खेल्दैछन् । पाकिस्तान सन् २००९ को टी–२० विश्व कप च्याम्पियन र इङ्ल्यान्ड सन् २०१० को च्याम्पियन टोली हो । टी–२० विश्व कपको यो आठौँ संस्करण हो ।