चितवनका जनताको सुख दु:खमा सधैं साथमा रहेको दाबि,हारेपछि पनि भागेको छैन- बिक्रम पाण्डे


लेखक : लेखापढी      १७ कार्तिक २०७९, बिहीबार १४:२२ मा प्रकाशित     
चितवनका जनताको सुख दु:खमा सधैं साथमा रहेको दाबि,हारेपछि पनि भागेको छैन- बिक्रम पाण्डे

काठमाडौँ- चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले विगतमा आफू यो क्षेत्रबाट हारे पनि भागेर कतै नभएको बताएका छन् । चितवनका जनताको सुख दु:खमा सधैं आफू साथमा रहेको उल्लेख गर्दै पाण्डेले यसपटक आफूलाई जिताउन मतदातासँग आग्रह गरे ।  

बिहीबार भरतपुर–१६ मा आयोजित निर्वाचन प्रचारप्रसार अभियानलाई सम्वोधन गर्दै उनले भने, ‘यो निर्वाचन क्षेत्रबाट गएको चुनावमा पराजित भए पनि क्षेत्र छोडेर कतै भागेको छैन ।  भविष्यमा पनि तपाईंहरुको माझमै रहन्छु ।’ आफू जनताको दुःख र विकासको साथमा रहेको बताउँदै  उनले गत निर्वाचनमा आफूले हार्दा चितवनले पनि हारेको दाबी गरे । परिवर्तनका लागि राजनीति गरेका भन्नेहरुलाई प्रश्न गर्दै उनले परिवर्तन जनताको झुपडीमा आयो कि आएन भनेर कटाक्ष गरे । उनले सत्ता गठबन्धन कुनै राजनीतिक सिद्धान्त वा दर्शनबाट बनेको सत्ता स्वार्थका लागि भएको बताए ।  

कार्यक्रममा क्षेत्र नं ३ (क) का उमेदवार ज्ञानजंग लामा, (ख) का उमेदवार रिना गुरुङ लगायत पार्टीका केन्द्रीय तथा जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।