राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्र (पढ्नुस पूर्णपाठ)


लेखक : लेखापढी      १७ कार्तिक २०७९, बिहीबार १४:१३ मा प्रकाशित     
राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्र  (पढ्नुस पूर्णपाठ)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सभापति रवि लामिछानेले पार्टीले पाँच वर्षमा गर्नसक्ने जति विषय समेटेर जनतासामू वाचा पत्र सार्वजनिक गरेको बताए ।  
बाचापत्रको पूर्णपाठ : 
जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आम निर्वाचनहरूमा बढीभन्दा बढी नागरिक सहभागितालाई प्रवर्द्धन गर्ने बाचा गरेको छ । यस्तै झण्डरहित सरकारी सेवाका लागि जिम्मेवार, प्रभावकारी र पारदर्शी सरकार सञ्चालन गर्ने बाचा गरेको छ।  

भ्रष्टाचार देश विकासका मुख्य बाधक भएको भन्दै सो पार्टीले यसविरुद्ध निर्ममरुपमा प्रस्तुत हुने बाचा पनि गरेको छ । महिला तथा अन्य लिंगका व्यक्तिहरूलाई समाजमा स्वतन्त्र, आत्मनिर्भर र सम्मानित बनाउँदै समाज विकासको मूलधारमा स्थापित गर्ने वाचा सो पार्टीले  गरेको छ । 

नागरिकलाई राज्यको अभिभावकत्व महसुस गराउने, भविष्यमा कसैलाई पनि आरक्षण नचाहिने समाजको कल्पना गर्ने, शिक्षालाई मौलिक, आधुनिक र व्यवहारिक बनाउने गरी काम गर्ने बाचा पनि गरेको छ ।  यस्तै गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गराउने, कृषिमा व्यवसायीकरण गर्ने लगायतका बाचा समेटिएको  छ । 
बाचापत्रको पूर्णपाठ :