म्याग्दीको राखु प्रदेश : सुवेदीहरुको उद्गमस्थल !


म्याग्दीको राखु प्रदेश : सुवेदीहरुको उद्गमस्थल !

परिचय

हाम्रो देशको समय परिस्थिति अनुसार हामीले हाम्रा गाँउ ठाँउमा भएका ऐतिहासिक, पुरातात्विक धार्मीक स्थलहरुलाई संरक्षण गर्नु पर्दछ । यसको संरक्षणले हाम्रा इतिहासविद, पुरातात्विकविद, समाजशास्त्री, मानवशास्त्रीहरुलाई पनि यसको अध्ययन गर्नका साथै भावी नयाँ पुस्ताहरुलाई ऐतिहासीक ठाँउको रुपमा परिचय गराउन पनि खोज तथा एक अध्ययनको बिषय बनेको छ । हाम्रा यहाँ भएका यि ऐतिहासिक, पुरातात्विक धार्मिक एवं पर्यटकिय स्थलले राखु एक इतिहास बोकेको ठाँउ हो भन्नेमा कुनै दुबिधा छैन ।

बिट्रिश प्रोफेशर ट्वाइन बि. का अनुसार: “सामाजिक इतिहास र साहित्य भनेका जुम्ल्याहा दिदि बहिनी हुन्”, जसकारण पनि हाम्रो राखुमा धेरै सामाजिक इतिहासहरु छन । यही समाजिक इतिहासलाई केलाउँदा नेपालभरि रहेका सुवेदीहरुको प्रमुख उद्गमस्थल राखु हो भनि एकिन गर्न सकिन्छ ।
हालसम्म प्राप्त सूचना स्रोत र अध्ययन अनुभवका आधारमा नेपालमा जति पनि सुवेदी थरहरु छन् ती सबैको साझा घर अर्थात मूल थलो सेती अञ्चलको बझाङ जिल्लाको सुबेडा गाउँ हो । त्यहीबाट सुवेदी वंशका मानिसहरु अन्यत्र छरिन पुगेका हुन । यो यथार्थ हो तर पनि अहिले सम्म नेपाल वा विदेशमा छरिएर रहेका सुवेदीहरुको उद्गम स्थल म्याग्दी जिल्लाको राखू नै हो भन्ने वंशावली अध्ययनबाट देखिन्छ ।

जुम्लाका राजा जालन्धरीका पालामा उल्कापात भएपछि त्यहाँबाट चमत्कारी दुई भाई सुवेदीहरु मुस्तांग राज्यतिरको बाटो लागे ।

जुम्लाका राजा जालन्धरीका पालामा उल्कापात भएपछि त्यहाँबाट चमत्कारी दुई भाई सुवेदीहरु मुस्तांग राज्यतिरको बाटो लागे । ती दुई भाईले महोदधि (अक्षयतृतिया) दिन काली गङ्गा र रहु नदिका दोभानमा राजाले नुहाउने चाख्लो ढुङ्गामा चक्कू गाडेर छोडे । त्यसबाट प्रभावित ढोरलठाने राजाले ती दुवै भाईलाई तीनमाने भन्ने ठाँउमा बिर्ता दिए । ती दुईमा कान्छा भाईलाई मुस्ताङी राजा विष्टले मुक्तिनाथ मठको तालाकुची जिम्मा दिएकाले आजसम्म पनि सुवेदीहरु मुक्तिनाथका अधिपति छन ।
 

बिर्ता पाई बसाईसराई

नागराजका सन्तति राजा क्राचल्लको राज्याअवधी वि.स. १२६४ देखि १२८० सम्म देखिन्छ । उनै राजा क्राचल्लले अछाम (विनायक) कोटिहोम गरेका समयमा सुवेदीका पुर्खा कुशा भट्ट त्यहाँ पुग्दा उनले त्यहाँ चामत्कारिक कार्य गरेको हुँदा उनको प्रख्याति बढ्यो । सो कोटिहोम पुरा भएपछि कुशा भट्ट सुन्दगी जीउला, सुनपाखा गाउँ, ५२ आला, ५२ मेला, २२ माडौंको मण्डल्याई, २२ पाताल (वन) , १२ विना कस्तूरी, १८ रिड्याखेत बिर्ता दिएर सुनफूला ताम्रपत्र गर्ने काम जालन्धरी राजा क्राचल्ले गरेका थिए । यहाँबाट नै यि सुवेदी वंशजहरुको बसोस्थान भएको देखिन्छ । कुशाभट्टका सन्तान दरसन्तानले सुबेडा भन्ने बझाङका चारगाउँ सुवेदी राजवारी बिर्ता पाएका थिए ।त्यो वंशजलाई रजवार भन्ने चलन पनि थियो अहिले पनि छ । त्यसै गरि वि.सं. १३६० मा अछामको किर्तिखाम भन्ने ठाऊँमा क्राचल्लको नाति जितारिमल्लले (उनको राज्यसमय वि.स. १३४४ देखि १३५६) सुवेदीका पुर्खा श्री भास्कर सुवेदीलाई सुनफूला ताम्रपत्र दान गरी बिर्ता गरिदिएका थिए । वि.सं. १२४० मा गाउँ पुलाबाट जगुपाध्या र सर्दपाध्या नामक दुईजना भाईहरु ढोरलठाना राजासँग असन्तुष्ट भएर पर्वत जिल्लाको थुमरेह गाँउमा बसोबास गर्न गएका थिए भन्ने सुवेदी वंशावलिमा लेखिएको छ ।

ढोरलाठाना दरबारमा थापा वंशजको राज्य थियो तिनको राज्यमा गुरु पुरोहित भनेको भारद्धाज गोत्रका सुवेदीहरु नै हुन ।

त्यसमा वि.सं १२४० नभएर वि.स. १५४० हुदा समय मिल्न सक्ने भनिएको छ तर यो वि.स. १२४० तिर हो भने त्यो समयमा ढोरलाठाना दरबारमा थापा वंशजको राज्य थियो तिनको राज्यमा गुरु पुरोहित भनेको भारद्धाज गोत्रका सुवेदीहरु नै हुन । यो यर्थाथततामा राखुको समाजिक इतिहासले पनि जनाउँछ ।

बझाङ सुवेडामा बिर्ता पाई बसेका कुशा भट्ट सन्तति १९ पुस्ताका कुन्द भट्ट भाई कर्णाखर भट्ट वि.स. १४०० मा बझाङ सुबेडा निवासी कुशा भट्टका १९ पुस्ताका सन्तान कुन्दन भट्टका भाई कर्णाखर भट्ट पर्वतका राजाका गुरु तथा पवित्र तीर्थस्थल मुक्तिनाथ तथा गलेश्वरका अधिकारयुत्तः हर्ताकर्ता राखूपुला हाल म्याग्दी जिल्लाको राखुमा मुक्तिनाथ मन्दिरको मण्डल्याई गर्नको लागि बिर्ता पाएका थिए । वि.स. १५०० मा राखुका बाजे रङ्घनाथ भट्टका कान्छा छोरा प्रियन्तनु त्यहाँबाट स्याङ्जा नुवाकोटे राजाका गुरु भएर आरुर्खाका बिता पाई बस्न पुगेका थिए । यिनको हाँगो कुन हो यसको खोजी गर्नु पर्ने देखिन्छ ।

कुशा भट्टका १९ पुस्ताका सन्तान कुन्दन भट्ट थिए भन्ने कुरा माथिबाट प्रष्ट हुन्छ । उनका भाई पवर्तका राजगुरु कर्णाखर भट्ट भए । तिनका पाचौं पुस्ताका सन्तान हेमन्तराज भट्ट जेठा छोरा पध्म पाणि उपाध्यालाई कास्कीका राजा जगति खान कुलमण्डन शाहले सिंपाली भन्ने ठाउँमा बिर्ता दिएर राखेका थिए। त्यस गाँउबाट सुवेदीहरु कास्कीका विभिन्न गाउँका साथ साथै चितवन, बारा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा अन्यत्र बसाई सरि गएका छन । राजा कुलमण्डन शाहले लगेका थिए भन्ने कुरा अझ स्पष्ट पर्न कास्की राज्यको इतिहासका लेखक राजाराम सुवेदीको संकलनबाट पनि स्पष्ट हुन सक्दछ ।

पर्वत जिल्ला ठानामौला बिरौबारी भन्ने ठाउँमा म्याग्दीको राखु गाउँबाट धरमपाध्या सुवेदी बसोबास गर्न गएका थिए । बि.स. १२४० सदरपाध्या           (श्रद्धाकर पाध्या ) सुवेदी म्याग्दी जिल्लाको राखु पुलाबाट पर्वतको थुमरेकमा बिर्ता पाई बसाई सरे ।

म्याग्दी राखुबाट बाजे रामभक्त उपाध्याय दाङको फुलबारी भन्ने ठाउँमा बसाई सरी गएका थिए । पर्वत जिल्ला ठानामौला बिरौबारी भन्ने ठाउँमा म्याग्दीको राखु गाउँबाट धरमपाध्या सुवेदी बसोबास गर्न गएका थिए । बि.स. १२४० सदरपाध्या ( श्रद्धाकर पाध्या ) सुवेदी म्याग्दी जिल्लाको राखु पुलाबाट पर्वतको थुमरेकमा बिर्ता पाई बसाई सरे । बि.स. १५०० मा म्याग्दी राखुका प्रियन्तनु उपाध्यया सुवेदीलाई स्याङजा आरुखर्कको राजादे आरुखर्कमा बिर्ता दिएर राखेका थिए ।

बि.स. १५२५ को एक पत्रमा राखु प्रदेशबाट कास्की जिल्लामा राजाको गुरु बनाउन दण्डपानी उपाध्यलाई ल्याइएको थियो । अछाम प्रदेशस्य आरुद्धाला विष्टवाडा सनि विष्ट क्षत्रिया पून्बसन ।। ते च गार्हस्थ्यधर्माद शदिग्ना : मष्टो देवताया पुजनाथ ढंडार प्रदेशे आगतामा मष्टो देवताभिश्रच तेभ्य छार्काभोट त्रिपुराकोट लोभिन्ताङ्ग प्रदेशस्य राज्यदत्वा राजतिलकं विहितम् ।। तैश्रच विष्ट नृपितिभि : कुशाभट्टस्य बंश्यान राजकुलगुरुन विधाय पुल्स्तयाश्रम समीपे राखूपुलानामकं स्थान वृत्तिरुपेणा दत्वा तत्रोस्थापिताः अत्र तेषमपि बंशावलि लिख्येते १. कुशाभट्ट भट्टचार्य …………..२९ श्री मद्कर्णाखरोपाध्याय भट्टचार्य ३५ श्री पध्मपाणीउपाध्ययो भट्टाचार्य ।। तथपञ्चत्रिशत्तभ पध्मपाणि : कास्की काश्यपकुटे प्रदेशस्य राज्ञो जगतिखानवर्म महाजस्य राज्यकाले राखू क्षेत्रात्र कास्की प्रदेशमागतः पध्मपाणो भ्र्राता इन्द्रमणि :सेन राजानां गुरुर्भुत्वा राखूप्रदेशत : गुल्मीप्रदेशस्य चन्द्रकोटस्थानेवृत्तिसप्राप्य तत्र निवास चकारे (सुवेदी राजाराम, २०६०) ।
पध्मपाणि पाध्यलृ राखुबाट भूमे देवता, भँयर देवता, अँयर देवता, नाग देवता र देउराली देवी पनि साथमा ल्याएका थिए । बि.स. १५२५ मा राखूबाट बिसुनदास (विष्णुदास ) पाध्या सुवेदीलाई सतहुँकोटका राजाले आफ्ना गुरुपुरोहित बनाई लगेका थिए । उनले सतहुँको ज्यामिरेथुम्कामा शिवालया स्थापना गराई व्यक्तिगत गुठी राखेका थिए ।

म्याग्दीको राखूबाट गुल्मीको चन्द्रकोटतिर लागेका इन्द्रमणि उपाध्याय सुवेदीका सन्ततिहरु हल दाङमा बसोबास गरेका छन भनी यिनहिरु चन्द्रकोटबाट प्यूठान हुँद आएका थिए ।

बि.स. १५२५मा राखूका बाजे हेमन्तराज भट्टका कान्छा छोरा शविलालपाध्या र उनका छोरा विष्णुदास पाध्या स्याङ्जा जिल्लाको तत्कालिन सतहुँ राज्यअन्तर्गतका ज्यामिरे गैहीजाँगर सातुपसल भन्ने ठाउँमा बिर्ता पाई बसेका थिए । म्याग्दीको राखूबाट गुल्मीको चन्द्रकोटतिर लागेका इन्द्रमणि उपाध्याय सुवेदीका सन्ततिहरु हल दाङमा बसोबास गरेका छन भनी यिनहिरु चन्द्रकोटबाट प्यूठान हुँद आएका थिए । बि.स. १५५० मा प्यूठानका पडिंत लटुपाध्या दैलेख पुगी राजाका सामु गई बृता याचना गरे र त्यही बिर्ता पाएर बसे । विस १५५० मा कास्की सिंपालीमा बिर्ता पाई बस्ने राजगुरु पध्मपाणिका छोरा भवानीनन्दपाध्या सुवेदी लमजुङे राजा यशोब्रहम शाहका गुरु भएर स्याकलुङ, नाइटेपहरो र हंसपुरमा बिर्ता पाएका थिए । त्यहीबाट पनि अन्ततिर सरेका थिए । बझाङ सुबेडाका पुर्खा कुशा भट्टका २१ पुस्ताका शिवशर्मा भट्टका भाई रतनगणपाध्या बि.स. १५५० मा वर्तमान म्याग्दी जिल्लाको घतान भन्ने ठाँउमा बिर्ता पाई बस्ती बस्न गएको हो । बि.स. १५५० मा बझाङको सुबेडाबाट म्याग्दीको घतान भन्ने ठाउँमा बिर्ता पाई रतनगण उपाध्या सुवेदीले रघुगङ्गा र काली गङ्गाको दोभानमा गलेश्वर महादेवको पत्थरको लिङ्घलाई विचमा पारि रमणिय शिवालय मन्दिर स्थापना गरिएको हो । बि.स. १६०० मा पर्वत राज्यको चुवाखर्याहा नामको बस्तबिठ एक भाई सादाशि चुवागाइँ सुवेदीलाई कास्कीकोटका राजा नारायण शाहले कस्कीकोटमुनि लौसीढुङ्गामा गुठी बनाई राखे ।

बि.स. १६२५ मा काठमाडौं दहचोकबाट बाजे सुबेदार पण्डित मच्छेगाउँमा बसोबास गर्न गएका र त्यही बिर्ता पाई बसेका थिए । पर्वतका राजा मलेवम्म मल्लले राखूभगवतीमा बसोबास गर्ने सुवेदी वंशका ब्राहम्णलाई बि.स. १७०० मा उपल्लो मल्लाज लेकफाँट भन्ने ठाउँमा बिर्ता दिएका थिए । सोही समयदेखि १२ भाइमध्येका १ भाई सुवेदी महानन्द उपाध्यया लेकफाँटमा बसोबास गर्न थालेका थिए ।

बि.स. १७३९ मा कस्की सिंपालीबाट एकजना बाजे श्रीशर्मा पाध्या सुवेदी गोरखाको धावातान्द्राङ भन्ने ठाँउमा विर्ता पाएका थिए ।

बि.स. १७०० मा म्याग्दी पुलागाउँबाट बाजे महानन्द उपाध्या सुवेदी पर्वतको मल्लाज माथि लेकफाँट गएका थिए । बि.स. १७०० मा धादिङको गजुरीपिण्डा गाउँका एक सुवेदी बाजे कृष्णनन्द सुवेदी काठमाडौ उपत्यकाको कीर्तिपूर सल्यानस्थान गाउँमा बसोबास गरेका थिए । बि.स. १७१९ मा धादिङ पिण्डा गाउँबाट एक बाजे भोजपुर जिल्लाको दलगाउँ भन्ने ठाँउमा बसोबास गर्न गएका थिए । बि.सं. १७३९ मा कस्की सिंपालीबाट एकजना बाजे श्रीशर्मा पाध्या सुवेदी गोरखाको धावातान्द्राङ भन्ने ठाँउमा विर्ता पाएका थिए । उनै बाजेका सन्ततिहरु गोरखबाट पनि अझ पूर्वतिर लागे र रामेछाप भन्थली भन्ने ठाँउमा पुगे । त्यहाँबाट पनि पूर्व तिर विस्तार भएको हो । वि.स. १७५० मा राजा तुथासिंहका ८ पुस्तापछि इन्द्रपाल सेनले खुङ्गी राज्यलाई स्वत्रन्त्रबनाएपछि गजुलकोटे राजका गुरु कलानन्दपाध्यका पाँचौ पुस्ताका श्री काँशुपाध्या सुवेदीलाई आफ्ना गुरु बनाई रोल्पाको बाहेखोला भन्ने ठाँउमा बिर्ता दिएका थिए ।

बि.स. १७६५ मा काठमाडौं दहचोकबाट काभ्रेको दुबाचौरे गाउँमा एकजना सुवेदी बाजे सन्तुपाध्य बसाई सरी गए । उनका सन्ततिहरुले महादेव देवीको पूजा गरी गुठी पाएका थिए । बि.स. १७७५ मा काठमाडौं दहचोकबाट प्रजापतिपाध्या दक्षिणकालीको छैमले र ईयूँटीकी भन्ने ठाउँमा बसोबास गरेका छन । बि.स. १७७१ मा धादिङ जिल्लाको प्रसिद्ध गाउँ फोगतपुरबाट काठमाडौं, गोदावरी, विशङखुनारयाण्का आश्रयमा रही पूजाआजा गर्द गोदमचौर बिर्ता र लालमोहर प्राप्त गरी पं. जयनारयण उपाध्यया बाजेका सन्तति हरु छन । बि.स. १७७५ तिर कास्की जिल्लमा सिंपाली बिर्ता पाई बस्ने पुर्खा पध्मापाणिका सन्तति द्धारिकाप्रसाद, कालुपाध्या दुल्लु र दैलेखबाट छुटेको धुलीकोट सुर्खेत क्षेत्रमा शासन गर्ने धुलीकोटे राजाका गुर भएर बसे ।

बि.स. १८०० मा काभ्रे दुबाचौका उमानाथ पाध्या दोलखा स्याँगी माघा देउरालीमा गएका थिए । त्यस्तै रामेछाप मान्थलीबाट बाजे मनोरथ उपाध्यया भोजपुर दिङला गाँउमा बिर्ता प्राप्त गरी बसोबास गर्न गएका थिए । यिनैका सन्तति ओखलढुङ्घा तिर गएका हुन । बि.स. १८०० मा कास्की सिंपालीबाट श्रीकृष्ण उपाध्याय सुवेदी दुल्लू दैलेखको वैश्वानर ज्वालको दर्शन गर्न गए । त्यही बेलामा उनीहरुलाई त्यही बसोबास गर्न थाले । बि.स. १८८६ मा म्याग्दी जिल्ला रत्नेचौर निवासी बसन्तसिंह बोगटीले श्री गीर्वाणयुद्ध वीरविक्रम शाहदेवसँग ताम्रपत्र गराई १७८ मुरी माटो छुट्याई पौव बनाएका थिए । त्यसको चिताइदारको रुपमा नन्द रामपाध्या सुवेदी (लाटुपाध्या) लाई अख्तियारी दिएको थियो । म्याग्दी जिल्लाको ढोरलठाना, घतान, तीनमाने, ताकम धारापानी, बाबियाचौर र बेनीमा प्रशस्त छन ।

यो भन्दा अझ पहिलेको इतिहास छ, जसले राखु प्रदेश भन्ने प्रख्यात नै भएको देखिन्छ । जुन राखूको नामाकरण तलको ताम्रपत्र नक्कलबाट पनि स्पष्ट हुन्छ ।

निष्कर्ष

वि.स. १४३४ मा कुशा भट्टका १९ पुस्ताका सन्तान कुन्दन भट्ट थिए । उनका भाई पर्वतका राजगुरु कर्णाखर भट्ट भए । तिनको पाचौ पुस्ताका सन्तान हेमन्तराज भट्टका जेठा छोरा पद्मपाणी जसलाई कुलमण्डन शाहको राजगुरु बनेका थिए । राखु प्रदेशमा वि.स. १४ सय शताव्दिको पुर्वाद्धमा सुवेदीहरु राखुमा आई बसोबास गरेका थिए भन्ने त्यहाँको समाजिक इतिहासले पनि जनाउँछ । सोम वा समाल वंशी क्षत्री थापा राजाले राज्य संचालनमा अत्याचार गरेपछि त्यहाँका सुवेदीहरुको पहलमा नै डिम्ववम महाराजले राखु रुईसे दरबारलाई पनि आफ्नो राज्याधिकार भित्र गाभेका थिए । यो सामाजिक इतिहासबाट पनि के प्रष्ट हुन्छ भने राखु नै नेपालमा धेरै ठाँउमा छरिएर रहेका सुवेदीहरुको उद्गम स्थल राखु प्रदेश हो ।


दलिपकुमार मल्ल, पिएचडि
सामाजिक मनोवैज्ञानिक, समाजशास्त्री
सामाजिक विकास तथा पुनर्वास विज्ञ