कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ


कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित महाकाली माध्यमिक विद्यालयको अगाडिबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित बैतडीका तीन जना युवालाई पक्राउ गरेको हो।

शनिबार राति इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीको कमाण्डमा खटिएको गस्ती टोलिले ५४ दशमलव ८ ग्राम खैरोहेरोइनसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द, सोही ठाउँका ३३ वर्षीय रमेशसिंह भण्डारी र ४० वर्षीय प्रकाश भण्डारी रहेको प्रहरीले जनाएको छ।

उनीहरु लागूऔषध खरिद गर्नका लागि सु.प.प्र.०१–००१ज १२८२ नम्बरको जिप सहित बेलौरी पुगेका खुलेको छ। पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।