सेनाद्वारा उम्मेदवारको घरमा राखिएको बम निस्क्रिय


सेनाद्वारा उम्मेदवारको घरमा राखिएको बम निस्क्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार रहेका गणेश पौडेलको घर परिसरमा बम भेटिएको छ । घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।  

बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित उत्तम पथमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शंकास्पद वस्तु फेला परेपछि सेनालाई खबर गरिएको थियो ।

कार्टुनमा खतरा  लेखेर  राखेको वस्तु प्रेसर कुकर बम रहेको र सेनाले डिस्पोज गरेको इलाका प्रहरी कार्यलयले बुटवलले  जनाएको छ ।