बालगोपालेश्वर मन्दिर बिहीबार बिहान ५ बजेदेखि दिनभर खुल्ने


बालगोपालेश्वर मन्दिर बिहीबार बिहान ५ बजेदेखि दिनभर खुल्ने

काठमाडौं- रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर भोलि भाइटीकाका दिन बिहानैदेखि खुल्ने भएको छ ।

भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

यो मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिन्छ ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।