गाईको ईतिहास, शास्त्रीय मान्यता र संस्कार, प्रयोग र वैज्ञानिक तथ्यहरू


लेखक : लेखापढी      ६ कार्तिक २०७९, आईतवार ०४:०४ मा प्रकाशित     
गाईको ईतिहास, शास्त्रीय मान्यता र संस्कार, प्रयोग र वैज्ञानिक तथ्यहरू

गाई हिन्दुहरूको पुज्य प्राणी र नेपालको राष्ट्रिय जनावर हो । हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्ने गर्दछन् । गाईको उत्पति लाखौँ वर्ष पहिले ऋषिमुनिको पाला भएको मानिन्छ। पुरातात्त्विक  र आनुवंशिक तथ्याङ्कले देखाउँछ कि गाईवस्तुहरू लगभग १०५०० वर्ष पहिले जंगली  ओरोकहरू (बोस प्रिमिजेनियस) बाट पालिएको थियो।

त्यसपछि मात्रै मानवले घरपालुवाको रूपमा प्रयोग गरिएको हो। नेपालमा २०७५/०७६ को आर्थिक  सर्वेक्षण अनुसार ७३,७७,६०५ गाई गोरु छन, यसमा पनि ७६ % त उन्नत जात अर्थात होलस्टाइन अथवा जर्सीजात र २४ % मात्र रैथाने लोकल गाई रहेको पाइन्छ।  त्यस पछि सहि डाटा आएको छैन। गाईका धेरै जात रहेका छन जस्तै : नौमुठे, अछामी, लुलु, खैला, याक नाक चौरीगाई यी गाई नेपालमा पाईने रैथाने जात हुन भने अमेरिका, अष्ट्रेलिया, बेल्जियम, डेनमार्क, स्विजरल्यान्ड जर्मनी  र नेदरल्यान्ड आदि देशमा जेनेटिक डिस्अडर गरि दुधको उत्पादन को लागि प्रयोगमा ल्याएको गाई भने  “होलस्टाइन फ्रेजियन्स” गाई हो। अहिले विश्वमा रहेको गाईमा ९५% होलस्टाईन नै हुन।
गाईको बारेमा यस्तो छ जानकारी । About Cow In Nepali. - Khoj Search

गाईलाई हिन्दुहरूले लक्ष्मी रूपमा यमपञ्चक अर्थात् तिहारको चौथो दिन कात्तिक कृष्णऔसीको तिथिमा ८४% ओमकार परिवारले गाईको पूजा  गरि धुमधामले  गाई तिहार पर्व मनाउछन। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमको निष्कर्ष छ ।  

आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले भन्दै आउनु भएको छ।  

यहि तिथिका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइने प्रचलनहेको छ। यसैले यो दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिने गरिन्छ।      

लक्ष्मीपूजाको दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ। देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले भनाईछ।

गाईको विविध  कुराको प्रयोगहरू:

गहुत:

गाईको पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ । हिन्दू मान्यता अनुसार गोमुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ । कुनै पनि धार्मीक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ । गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरू निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण मानिएको गाईको गहुँत हुँदा हुँदा आर्थिक रुपमा पनि बहुमुल्य बनेको छ । किनकी गाईको पिसाबमा सुन भेटिएको छ ।

भारतको गुजरातको जूनागढ कृषि विश्वविद्यालयका प्राध्यापक डाक्टर बि ए गोलकियाले गाइको पिसाबमा सुन भेटिएको दाबी गरेका छन् । उनले आफ्नो एक शोधबाट यो प्रमाणित गरेका छन् की गाईले दुधमात्र होइन सुन पनि दिने गर्छ ।

विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका प्रमुख गोलकियो आफ्नो ४ वर्षे शोधका दौरान गिर नश्लका ३ सय भन्दा बढि गाईको पिसाबको निरन्तर परीक्षण गरे । गौमुत्रको परीक्षण पश्चात उनले यो पत्ता लगाए की गाईको १ लिटर गहुँतमा ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिन्छ । उनका अनुसार गहुँतमा लवणको रुपमा सुन पाइन्छ जुन पानीमा घुलनशील हुन्छ । टाइम्स अफ इण्डियामा छापिएको खबर अनुसार शोधकर्ताहरुले क्रोम्याटोग्राफी मास स्पेक्ट्रोमी विधिको प्रयोग गरी गौमुत्रको परीक्षण गरेका थिए ।

शोधकर्ताका अनुसार गाइको साथै उँट, भैँसी तथा भेडाको पिसाब पनि परीक्षण गरिएको थियो । तर अन्यको पिसाबमा सुन भेटिएन, केबल गाइको पिसाबमा मात्र सुन भेटियो ।

साथै शोधकर्ताहरूले गौमूत्रमा ३ सय ८८ प्रकारका औषधीय तत्व समेत फेला पारेका छन् । यी औषधिय तत्वमा मानिसको सरीरमा लाग्ने विभिन्न खाले रोग निको पार्ने दाबी शोधकर्ताको छ ।

कुनै पनि धार्मीक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ । गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्त्व छ। अर्को कुरा गौमुत्र वालीनालिमा प्रयोग गर्दा वालीनालीमा किराफट्याङ्गा ले नास गर्दैन फलफुल नाश हुन बाट जोगाउछ।

गोबर:

गाईको दिशालाई गोबर भनिन्छ । गोबर गाउघर तिर माटो को घरमा खाना खाईसकेपछि गाईकोगोबरले  भुईमा लोटाएर शुद गर्ने प्रचल छ, अर्को कुरा हिन्दुहरूले कुनै शुभ कार्य देउ कार्य गर्नु अघि पुजा गर्ने ठाउँमा  गाईको गोबरले पोतेर शुद्ध  गरिने चलन छ भने  कुनै  नागपुजा वा देव देवताको पुजा गर्दा गाईको गोबरको कुण्ड  बनाई भगवान लाई त्यहि कुण्डमा दूध चढाउने प्रचलन छ। कृषकहरूले गोबरलाई कमेपोष्ट मल बनाउन प्रयोग गर्ने गर्छन। गाईको गोबर बाट  रेडियसन चिप बनाईएको छ जुन परिक्षण कालमा छ यो  सफल भयो भने अहिले मोवाईलमा फोन आउदा उत्पन्न  हुने रेडिएसन तथा यसले मानव शरिरमा उत्पन्न  गर्ने नेगेटिभ उर्जा र मुटुको धड्कन  मा उत्पन गरेको असरको न्युनिकरण गर्नेछ।

दूध:

दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । यसको दूध हिन्दु परम्परा अनुसार पुजापाठ जस्तै रूद्री,सत्यनारायण सस्थानी आदि देव कार्यमा देवि देवतालाई चढाउनको निमित्त बनाईने पन्चामृतमा प्रयोग गरिन्छ, कुल पुजा पृतृकायमा खिर बनाई देवी देवता लाई चढाउन या अर्पने कायमा पनि प्रयोग गरिन्छ। दूध प्रशंग आउदै गर्दा  दूध पिए पछि के के खानु हुदैन प्रस्टाउन चाहे । 

दुध सेवनपछि निम्न कुराहरू खानु राम्रो होइन:

कालो दालसँग दुध:
हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ ।

दहीसँग दुध:
दुधका साथै दही कहिल्यै पनि नपिउनुहोस् । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

मूला, माछामासु जस्ता पदार्थसँग दुध:
दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस् । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसको प्रयोगले तपाइको छालामा समस्या देखिन सक्छ ।

नुन र करेलासँग दुध:
दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

तिलको सेवनसँग दुध:
दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

कागतीसँग दुध:
दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

सुत्नु भन्दा अघि तातो दुध:
सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।

गौ दान:

 हिन्दु संस्कार अनुसार विवाहमा कन्या दान सगै गाई दान रूपमा दाईजो दिने प्रचलन रहेको यसको अर्थ छोरीलाई पराई घरमा कुनै पनि संकटमा नपरूनभन्ने हो। अर्को कुनै  व्यक्ति  अन्तिम प्राण जानू पुर्व, मृत्यु  संस्कारमा १३ दिने कार्य,वाषिर्की कार्यमा गाईदान दिने प्रचलन रहेको छ यसको अर्थ हो पृतृ वा मृर्तआत्माले शान्ति पाअोस र अर्को जुनि पाहोस् यश धर्तीमा रहदा  उसले गरेका पापकर्महरू नष्ट हुन्छ र स्वर्गमा बास पाउछ भन्ने हेतुले गाईदान गर्ने प्रचलन रहेको छ । यो ऋषिमुनिहरूको पालादेखि नै मानिआएको भनी विभिन्न  शास्त्र उल्लेख  गरेको पाईन्छ।

साढे र गोरू:

गाईको  बाच्छो ठुलो भएपछि  साढे र गोरु भनिन्छ ।  हिन्दु शास्त्र  अनुसार यस्लाई गोवर्धन भनिन्छ  यसलाई यमपञ्चकको पाचै दिन अर्थात कात्तिक  शुक्ल प्रतिपदाको दिनपुजा गर्ने गरिन्छ।

अर्कोतिर  शिवभक्तहरूले यसलाई शिवजी सम्झेर पुजा गर्ने गर्छन । कृषक शब्दमा यसलाई  गोरु भनिन्छ। यसलाई कृर्षक बर्गहरूले जोत्ने काममा प्रयोग गर्दछन।तर शिवको स्तृप र मन्दिर भएको ठाउमा गोरूलाई जोत्नु  हुदैन भन्ने मान्यता छ। काठमाडौ  उपत्यकामा पशुपतिको मन्दिर छ, जहाँ भगवान शिवका १०८  ओटा अवतार रहेकोले  यहाँ चाहिँ गोरु जोतिदैन किन कि साढे शिवका अवतार हुन त्यसैले जोत्नु हुदैन भन्ने मान्यता रहेको छ। अन्य पहाडी भेगमा भन्ने जोत्न प्रयोग  गरिन्छ।

मासु:

पश्चिमेली देश जहाँ गैरहिन्दुहरू बस्छन त्यहाँ उनीहरूले विकशित जातको गाई अर्थात जुरो नभएको गाईपालन मासुको लागि पनि प्रयोग गरिन्छ।

 गाइजात्राको अर्थ र ईतिहास:

गाईजात्रा के हो?

संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः पछिल्ला वर्षहरूमा गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा बृहत् रहेको बताउँछन्।

उनले भने, “हिन्दू धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो।”

नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ। ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ।

संस्कृतिविद् ग्वंगःका अनुसार गाईजात्रा मनाउने क्रममा वर्षभरि ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ।

उनी भन्छन्, “भक्तपुरमा बालबालिकाको मृत्यु भएको छ भने केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउन लैजाने चलन छ। यमलोकमा कसैले कसैलाई नछेकून् भनेर त्यसलाई मुकाबिला गर्न यहाँको टोलटोलका मान्छेहरू घिन्ताङघिसी भन्ने नाच नाच्छन्।”

गाईजात्राको इतिहास कस्तो छ?

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिने गरिएको देखाएको बताए।

उनका अनुसार मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो।

उनी भन्छन्, “लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ। मलाई लाग्छ अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको छ। त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्त्व कति छ भन्ने देखाउँछ।

गाईजात्रा

उनले ६०० वर्षअघिको गोपालराज वंशावलीमा ‘सायात’ भन्ने शब्द उल्लेख गरिएको भन्दै ‘सा’को अर्थ गाई र ‘यात’ को अर्थ जात्रा भएको बताए।

त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उनको भनाइ छ।

राजा प्रताप मल्लको पालामा आएर गाईजात्राको विधिविधान थपिदिएको हुनसक्ने उनको विश्वास छ।

उनले भने, “एउटा धार्मिक आस्था के छ भने गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता पनि छ। बाँचेकाहरूको भलो होस् र मरेकाहरूको पनि मोक्ष प्राप्ति होस् भनेर मनाइने जात्रा हो यो।”

गाई : पवित्र समृद्धिको प्रतीक किन?

गाईलाई हिन्दु समुदायमा माता र लक्ष्मीका रूपमा लिइन्छ। अरु घरपालुवा जनावरभन्दा विशिष्ठ मानिन्छ। किन त? ५ हजार वर्षअघि सिन्धु नदीको आसपासमा अन्य घरपालुवा पशुका साथै गाईपालनको पनि चर्चा गरिएको छ।

त्यहि सिन्धु बाट डाडो भाषामा लिपी  मिलाई हिन्दु धर्म भन्न थालिएको थियो जुन आज सम्म हामी हिन्दु भन्छौ छौ तर “हिन्दु धर्म” होइन  “वैदिक सनातन धर्म “हो हिन्दुको असली नाम चाहि।  वैदिक कालमा गाईको आर्थिक र सामाजिक मात्र नभई धार्मिकरूपमा ज्यादै महत्व थियो।त्यसबेला यी पशु नै मानिसको धन दौलत तथा समृद्धि मापनको आधार थिए। जोसँग धेरै पशु हुन्थ्यो ऊसको सामाजिक प्रतिष्ठा र इज्जत धेरै हुन्थ्यो। धेरै धनी व्यक्तिलाई संस्कृतमा गोपति (अर्थात् गाईहरुको मालिक) भनिन्छ। राजाहरुले हात्ती, घोडा र गाई जस्ता पशु उपहार वा दानको रूपमा दिने गर्थे। दूध, दही, घीउ आदि हिन्दुहरुको सबै प्रकारका धार्मिक कार्यमा नभई हुदैनथ्यो  वेदमा गाई, गोरु र साँढेको उल्लेख अरु जनावरभन्दा धेरै भएबाट पनि वैदिक कालदेखि नै हिन्दुले गाईलाई विशेष महत्व दिने गरेको बुझिन्छ। 

गाईलाई पवित्र मानी पूजा गर्ने चलन भने करिब २५०० वर्षअगाडिदेखि सवल हुँदै गएको मान्न सकिन्छ। छान्दोग्य उपनिषद्मा अहिंसाबारे वयान गरिनु र पुरानो वैदिक विश्लेषण कमजोर हुदै  गएपछि गोबधलाई हिन्दुहरुले निषेध गर्दै गएको देखिन्छ। हिन्दु धर्ममा अहिंसाले थप स्थान पाउनमा बुद्ध, जैन र कृष्णका उपासक तथा अनुयायीहरुले गहिरो प्रभाव पारेपछि भने गोबधलाई जघन्य पापका रूपमा व्याख्या गर्न थालेको प्रतीत हुन्छ। संहारकर्ता शिवको बाहन नन्दी अर्थात साँढे हरेक शिव मन्दिर अघिल्तर राखिनु, भगवान कृष्णलाई गाईपालक अर्थात गोपालवंशी भनिनु र नेपालको इतिहासमा गाईपालकहरुले राज्य गरेको इतिहास भेटिनुले नेपाली हिन्दु समुदायमा गाईको धार्मिक महत्व अत्याधिक रहेकोमा सन्देह रहँदैन।

गाईलाई राष्ट्रिय जनावरका रूपमा व्याख्या गरिनुले यसलाई कति महत्व दिइएको थियो भन्ने कुरा ज्ञात हुन्छ। अर्कातिर पश्चिमा विद्वान्हरुले प्राचीनकालमा हिन्दुहरुले पनि गाईको मासु खाने गर्थे भन्ने प्रमाण पेश गरेका छन्। रिग्वेद ८.४३.११ मा गाई र गोरुको बलिदिने विषय उल्लेख छ। अमरनाथ पाल (१९९६) का अनुसार उत्तरवैदिक कालमा हिन्दुबीच पाहुनालाई गोरु काटेर खुवाउने चलन थियो। अमरनाथको यो विश्लेषणलाई लोड्रिक (२००५)ले आफ्नो अनुसन्धानमा पुनर्पुष्टि गर्दै हिन्दुहरुले गाईलाई लक्ष्मीको स्वरूप, माता मान्ने प्रचलनको प्रारम्भ इशाको चौथो शताब्दीदेखि प्रारम्भ भएको व्याख्या गरेका छन्। डा. उमेशचन्द्र पाण्डेयले आफ्नो पुस्तक गौतमधर्मसूत्राणी (संवत् २०६९०) मा हिन्दुहरुले गाई र गोरुको मासु खान्थे भन्ने कुराको खण्डन गरेका छन्। जे भए तापनि हिन्दु समाजमा गाईको ठूलो महत्व थियो भन्ने विषयमा दुई मत छैन। 

इशाको १००० तिर गाईलाई पवित्र मान्ने चलन ज्यादै सुदृढ भएको बुझिन्छ। यो विश्वास कति बलियो थियो भन्ने कुरा चौधौँ तथा पन्ध्रौं शताब्दीमा भारतका मुस्लिम शासक बाबर तथा अकबरले समेत गाई काट्ने प्रचलन रोक्ने कानुन निर्माण गरेेबाट पनि बुझ्न सकिन्छ। भारतका शासक सिवाजी (ई. १६२७–१६८०) ले गोबध रोक्ने अभियान चलाउँदा उनलाई करोडौँ हिन्दुले समर्थन गरेका थिए। गाईलाई उनीहरुले आफ्नो पहिचान, प्रतिष्ठा र सभ्यताको द्योतकका रूपमा लिएका थिए। गाई सामाजिक/सांस्कृतिकरूपमा विवादित विषय पनि हो। गाईको मासु खानु पाप हो भनेर विश्वास गर्ने हिन्दु र गाईको मासु खाने समुदायबीच हजारौं वर्षदेखि यसले राजनीतिक, साम्प्रदायिक तथा सामाजिक द्वन्द्व सिर्जना गर्ने विषय पनि बनेको छ। नेपालमा पनि गाई मारेको विषयमा हिन्दु र गैरहिन्दुबीच समय /समयमा झडप हुँदै आएका छन्।

 गाईको दूध, घीउका साथै यसको पिसाब अर्थात गहुँत र गोबरलाई हिन्दुले आफ्नो दैनिक जीवनमा शुद्धीकरण गर्ने वस्तुका रूपमा प्रयोग गरेको देखिन्छ। गोबरले आफ्नो भान्सा वा चुलो दैनिक लिपेर सफाइ गर्ने, कुनै पनि अशुद्ध हुने क्रियाकलाप जस्तै जुठो परेको, सुतक परेको आदि अपवित्र हुने क्रियाकलापपछि गहुँत प्रयोग गरी शुद्धीकरण गर्ने काममा प्रयोग गरिन्छ। गाईलाई मातृत्व, धन र प्रतीकात्मकरूपमा लिने गरिन्थ्यो। यसलाई जे मागे पनि दिनसक्ने वस्तु अर्थात कामधेनुका रूपमा बयान गरिएको पाइन्छ। महाभारतमा वर्णन गरिएअनुसार दक्षले सबै जीवजन्तु सृष्टि गरेपछि खानेकुरा हाहाकार भयो। सबै प्राणीलाई खाना उपलब्ध गराउनका लागि उनले अमृत पान गरेपछि उनको मुखबाट सौरभी नामको गाई सृष्टि भएको उल्लेख छ। कृष्ण भगवानले भन्नुभएको छ– हामी गाईका गोठाला हौं, गाई नै हाम्रो धन हो र हामी यसैको उपासना गर्छौं । (हरिवंश पुराण २.१६.२) बाल्यकालमा गाईको मख्खन चोरेर खाएको, युवावस्थामा गाईको अगाडि बसेर कृष्णले बाँसुरी बजाइरहेको चित्रहरु जताततै देख्न पाइन्छ। यसबाट पनि कृष्ण र गाईको ज्यादै नजिकको सम्बन्ध प्रष्टिन्छ। यसबाट महाभारतकालमा नेपाललगायत भारत वर्षमा गाईलाई ज्यादै महत्व दिइएको पुष्टि हुन्छ। 

गाई संरक्षण र यसको मासु खान गरिएको बन्देज खासगरी माथिल्ला भनेर चिनिने जातिहरुको हकमा मात्र कडाईका साथ लागु गरिएको पाइन्छ। गैरहिन्दु जाति खासगरी बौद्ध, मुस्लिम तथा क्रिश्चियन आदि धर्म मान्ने समुदायसमेत बसोबास गर्ने नेपाली समाजमा गाईको मासु नखाने चलन माथिल्ला जातिका हिन्दुहरुको हकमा मात्र कडाईका साथ लागु गरिएको संकेत मिल्छ। विविधतायुक्त हिन्दु समाजका तल्लो जाति भनेर वर्गीकरण गरिएका व्यक्तिहरुलाई भने गाई र गोरुको मासु खाने प्रचलन कायमै रहेबाट पनि यो कुरालाई बल प्रदान गर्छ। हिन्दुको गाईलाई संरक्षण गर्ने प्रतिबद्धतामा गान्धीले भनेका थिए– हिन्दुहरुको क्षमता उनीहरुको गार्ई संरक्षण गर्ने क्षमताबाट देख्न सकिन्छ त्यसैले हिन्दुले गाईको संरक्षण गर्नुपर्छ (लोड्रिक,२००५)। फ्रेडरिक एस.सिमोन (१९७९)ले आफ्नो लेखमा मानवशास्त्री मार्भिन ह्यारिसले प्रस्तुत गरेको गाईसम्बन्धी मार्क्सवादी विचारलाई उल्लेख गदै हिन्दुको गाई संरक्षण धार्मिक भन्दा आफ्नो वातावरणसँगको अनुकूलनको प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। उनले हिन्दुहरु बसोबास गर्ने स्थानमा गाईको उपलब्धता, त्यसको उपयोगिता र मानिसको दैनिक जीवनमा गाईले दिनसक्ने योगदानका आधारमा गाईको संरक्षण गर्ने हेतुले यसलाई पवित्र मानेको तर्क पेश गरेका छन्।

ऋषिमुनिहरू प्रयोग गरिएको गाई:

 आज  विश्वमा धेरै थरिका गाईको विकास भएका छन तर जुन हिन्दु धर्म शास्त्रमा ऋषिमुनि हरूले प्रयोग गरिएको  गाईको जुरोवाला,सिङ्भएको र पुच्छर पनि लामो उसको उचाई जति नै  हुन्थ्यो।

जुन प्राकृतिक  रूपमा गर्भधार गरेकोलाई मात्र मानयता दिईन्छ अहिलेका जुरो नभएका गाईको भने खासै अस्तित्व छैन किनकि अहिले सबै आटिफिसियल गर्भधार र जिनमा पुरै परिवर्तन गरिएको छ ।तर हामी आज त्यसैको  गहुत ,गोबर र दूध प्रयोगगर्छौ देवकार्यमा त्यो  एउटा कथन “नभएको मामा भन्दा कानो मामा जाती भने झै मात्र हो” यो जुन जुरो भएको गाईमा जो जो तत्व पाईन्छ अहिलेको होलिस्टे गाईबाट त्यो प्राप्ति  हुदैन किनकी यसमा फटिलाईजेसनमा डिस्अडर गरिको छ।

गाईको वैज्ञानिक महत्व:

  • गाई धर्ती  एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सीजन ग्रहण गरेर अक्सीजन नै छोड्छ।
  • गाईको मूत्रमा सुन, तामा, क्याल्शियम, पोटासियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगभग २४ तत्व हुन्छन्।
  • गाईको दुधमा रेडियो विकिरण बाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ।
  • गाईको दुधले हृदयको रोग बाट बचाउँछ।
  • गाईको दुधले स्मरण शक्ति बढाउँछ।
  • गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ।
  • गाईको गोबरको गंधले अन्य रोगका कीटाणु पनि मर्छन्।
  • गाईको एक तोला ध्युउ बाट यज्ञ गर्दा १६०० किलो अक्सीजन निर्माण हुन्छ।
  • गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ।
  • गोबर पिला, दाद, लुतो, घाउ, खटिरामा लाभदायक हुन्छ।
  • केवल एउटा गाईको गोबर बाट प्रति वर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ।
  • दुध दिने बेला गाईको मूत्रमा लैक्टोसको वृद्धि हुन्छ, जुन हृदय रोगका लागि लाभदायक हुन्छ।
  • गाईको दुध चिल्लो रहित तर शक्तिशाली हुन्छ, यो जति खाए पनि मोटोपन बढ्दैन र यो स्त्रिहरुको प्रदर रोगमा पनि लाभदायक हुन्छ।
  • गाईको गोबरको गुइठा जलाउँदा झिङ्गा, लामखुट्टे आदि कीटाणु भाग्छन् र दुर्गन्ध पनि नाश हुन्छ।
  • गौ-मूत्र बिहान खाली पेट सेवन गर्नाले क्यान्सर जस्तो घातक रोग पनि ठीक हुन्छ।
  • गाईको गोबरमा विटामिन बी-१२ प्रचुर मात्रामा पाइन्छ, यसले रेडियोधर्मितालाई पनि सोंस्छ।
  • गाईको शारीरलाई प्रतिदिन १५-२० मिनेट जति हातले मुसार्ने गर्दा उच्च रक्तचाप एकदम ठीक हुन्छ।
  • गाईको शरीर बाट निस्कने सात्विक तरंगले आस-पासको वायुमंडललाई प्रदूषण रहित बनाउँछ।
  • गाईको शरीर बाट प्राकृतिक रूपमा गूगलको सुगंध निस्कन्छ।
  • गाई या त्यसका बाच्छा-बाच्छी रमाउँदा निस्कने आवाजले मानसिक विकृति तथा त्यस्तै खाले रोगलाई नष्ट गर्दछ।
  • यी सबै तथ्यहरुको पुष्टि जर्मन कृषि वैज्ञानिक डा. जुलिशुस एवं डा. बुक द्वारा गरिसकिएको छ।
  • अमेरीकन वैज्ञानिक जेम्स मार्टिनका अनुसार गाईको गोबर एवं शर्करा युक्त कार्बनिक पदार्थलाई समुद्रको पानी संग मिलाएर त्यस्तो रसायन बनाइन्छ जसले बंजर भूमिलाई पनि हरा-भरा गरिदिन्छ र सुख्खा पानीको या तेलको कुवामा पनि पुनः पानी या तेल आउन सुरु हुन्छ।
  • इटलीका वैज्ञानिक प्रा. जे. ई. बिग्रेडले गाईको गोबर बाट अनेकौं प्रयोग गरेर सिद्ध गरेका छन् कि गाईको गोबर बाट अनेकौं असाध्य रोगहरु ठीक हुन्छन्।
  • शास्त्रीय मान्यता अनुसार यदि घरको मुल ढोका अगाडि गाई बाधिएको छ भने त्यस धरमा कुनैपनि भुत,प्रेत ले प्रवेश गर्दैन भनिन्छ।

हाम्रा ऋषिमुनि हरुले लाखौँ वर्ष पहिले नै यी सबै प्रयोग गरेर सिद्ध  गरेका थिए तर विडम्बना नै भनौं, हामीले त्यो सब विर्सियौ र बेच्यौ सक्यौं र ऋषि मार्गलाई त्यागी सक्यौं..! त्यहि ऋषि परम्परालाई पुनः स्थापित गर्नु पर्ने आजको प्रमुख आवश्यकता हो..!

“हाम्रो  संस्कार  रहेमात्र हाम्रो मौलिक परिचय रहने हो।”  मौलिक परिचय रहे मात्र नेपाल हुने हो, नेपाल रहेमात्र नेपाली हुने हो त्यसैले आफ्नो  अस्तित्व लाई स्वाकारौ पहिले संस्कार र संस्कृति जोगाअौ त्यस पछि आफ्नो आफ्नो  वर्ग संघर्ष को विद्रोह  गरौला। यो संस्कार लाई समापन को निमित्त  विश्वमा  धेरै  प्रोर्जेक सञ्चालन भएका छन जस्तै: जोसुवा प्रोर्जेक१/ २, एपेक, आर एस एस र अरू धेरैले संस्थाले ठूलै लगानी गरेका छन । यसलाई हामीले बेलैमा बुझेनौ भने हाम्रो सभ्यता माथि नै हमला गर्नेछन विश्वका पुजीपतिहरूले।अबको तेस्रो  विश्व युद्ध भनेकै  ” सभ्यताको युद्द हो” यस्लाई विश्व जगतका सनातन  धर्मलम्वीहरूले मनन गर्नुपर्ने बेला आएको छ।


रूपेश कार्की (बद्री प्रयास) 
(लेखक कार्कीले बिभिन्न माध्यमबाट अध्ययन र संकलन गरि तयार पार्नु भएको अनुसन्धानात्मक आलेखका लागि हार्दिक आभार व्यक्त गर्दछौ – लेखापढी डटकम )