लोकसेवा आयोग : नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग-४)


लेखक : लेखापढी      ४ कार्तिक २०७९, शुक्रबार ०९:३० मा प्रकाशित     
लोकसेवा आयोग : नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग-४)
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक “नेपाल राष्ट्र बैंक सहायक दितीय” सम्बन्धि प्रस्तुत गरेका छौ ।

भाग-४

१. नेपालमा कुन वर्गका बैंक तथा वित्तीय संस्थाले ग्राहक संरक्षण कोषको व्यवस्था गर्नुपर्दछ ?

– ‘घ’ वर्ग

२. आर्थिक सहायता तथा विकास संस्थाले प्रतिपादन गरेको ग्राहक संरक्षण सिद्धान्तहरु कतिवटा रहेका छन् ?

– १० वटा

३.KYC को पुरा रुप के हो ?

– Know Your Customer

४. TTR को पुरा रुप के हो ?

– Threshold Transaction Reporting

५. बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याज तथा सावा भुक्तानीको भाका नाघेको अवधीका आधारमा कति प्रकारमा वर्गीकरण गरिन्छ ?

– ५ प्रकार

६. कति रकम भन्दा बढी रकमको कर्जा प्रबाह गर्दा ऋणीले समयमा भुक्तान गरेन भने कालो सुचिमा राख्नुपर्दछ ?

– १० लाख

७. नेपालका बैंक तथा वित्तीय संस्थाले कारोबार नहुने कल र चल्ती खाता कति समयमा निष्क्रिय गर्नुपर्दछ ?

– ६ महिना

८. बचत तथा चल्ती खाताको हाइब्रिड तरिकाको खातालाई के भनिन्छ ?

– कल खाता

९. बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने व्यक्ति, फर्म, कम्पनि, संस्थालाई के भनिन्छ ?

– ऋणी

१०. बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह भन्दा निक्षेप् रकम कम भइ सिर्जना भएको स्थितिलाई के भनिन्छ ?

– तरलता अभाव

११. एक वर्ष वा सो भन्दा बढी अवधिका लागि वा पुजीगत प्रकृतिको खर्चका लागि प्रवाह गर्ने कर्जालाई के भनिन्छ ?

– आवधिक कर्जा

१२. CAR को पूर्ण रुप के हो ?

– Capital Adequacy Ratio

१३. एउटा ग्राहक, फर्म, कम्पनि वा आपसी सम्बन्ध भएका ग्राहकहरुलाई प्रदान गरिएको कर्जालाई के भनिन्छ ?

– एकल ग्राहक कर्जा समूह(प्राथमिक पूजीको १० प्रतिसत रकम कर्जाको प्रवाह गर्न सकिन्छ)

१४. बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा निक्षेपको कति प्रतिसत रकम प्रदान गर्न सक्दछन् ?

– ९० प्रतिसत

१५. बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल तथा सुक्ष्म निगरानी वर्गमा परेका कर्जालाई के भनिन्छ ?

– सक्रिय कर्जा

१६. नेपालमा ब्याजदर कोरिडोरको तल्लो सिमा निक्षेप संकलन डर हाल कति कायम गरिएको छ ?

– २ प्रतिसत

१७. कर्जा भुक्तानी सिमा अवधि बढाउनुलाई के भनिन्छ ?

– पुनःतालिकिकरण

१८. कुन खातामा राखिएको रकमको वा रसिदको सुरक्षणमा कर्जा लिन पाइन्छ ?

– मुद्दती खाता

१९. निश्चित प्रयोजन नखुलेका अधिविकर्स कर्जा कति रकम प्रवाह गर्न सक्दछन् ?

– ५० लाख

२०. प्रतितपत्र तथा बैंक जमानत केमा आधारित कारोबार हुन् ?

– गैह्र कोषमा आधारित

२१. कति रकम भन्दा माथिको कर्जामा अनिवार्य स्थायी लेखा नम्बर ग्राहकले लिएको हुनुपर्दछ ?

– ५० लाख 


पढ्नैपर्ने महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु click गर्नुस : “राष्ट्रिय निकुञ्ज”   
लोकसेवा आयोगले सोधेका महत्त्वपूर्ण प्रश्नोत्तरहरु 
सामाजिक अवस्था, प्रचलित प्रथा, धर्म, संस्कृति  
नेपालको अन्तरास्ट्रिय सम्बन्ध 
प्रमुख वैज्ञानिक आविष्कार , नेपाली साहित्य सम्बन्धि
नेपाल राष्ट्र बैंक सम्बन्धि महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु भाग-१ 
नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण भाग- २  
नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग- ३)


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com