टीकापुर बहुमुखी क्याम्पसको ३ सय बिघा जग्गा अतिक्रमण


लेखक : लेखापढी      ३ कार्तिक २०७९, बिहीबार १४:३९ मा प्रकाशित     
टीकापुर  बहुमुखी क्याम्पसको ३ सय बिघा जग्गा अतिक्रमण

कैलाली- सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमणमा परेको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गरिरहेको छ ।

२०६२/०६३ सालको आन्दोलनका बेला क्याम्पसको जमिन अतिक्रमण सुरु भएको क्याम्पस प्रमुख केशरबहादुर कुँवरले जानकारी दिए । उक्त जग्गामा अहिले करिब एक हजार पाँच सय घर–परिवारले टहरा बनाएर क्याम्पसको जमिन ओगटेको छ । अन्य तीन सय बिघा जमिन मुक्त कमैया तथा सुकुम्बासीको नाममा अतिक्रमण भएको छ । 

क्याम्पसले संचालन गरेको कृषि शिक्षाका लागि विद्यार्थीहरुलाई प्रयोगात्मक अध्ययन गर्नसमेत हामीसँग प्रयाप्त ठाउँ नभएको साथै उनले “विद्यार्थीहरूको अध्ययनका लागि भौतिक संरचना र प्रयोगशाला भवन नहुँदा समस्या भएको कारण नगरपालिकालाई अतिक्रमण हटाइदिन समेत पत्राचार गरेको क्याम्पस प्रमुख कुँवरले बताए ।