क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

 क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका छ ।

अघिल्लोपटक थपिएको पाँच दिनको म्याद सकिएपछि प्रहरीले आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो ।

यससँगै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।