नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको अग्रता कायमै


लेखक : लेखापढी      ३१ आश्विन २०७९, सोमबार २२:५२ मा प्रकाशित     
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको अग्रता कायमै

पोखरा- गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदकसहित कुल ९९ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १८ कास्य पदक सहित ४९ पदक जितेको छ । अर्को विभागीय टिम एपिएफले १४ स्वर्ण, २० रजत र २५ कास्य पदकसहित कुल ५९ पदक जितिसकेको छ ।  

यसैगरी वागमती प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ कास्यसहित कुल ४५ पदक हात पारेको छ । गण्डकी प्रदेशले ८ स्वर्ण, ६ रजत र १६ कास्य पदकसहित ३० पदक जितेको छ । 

 एनआरएनएले ४ स्वर्ण, ३ रजत ४ कास्य सहित ११ पदक, प्रदेश १ ले २ स्वर्ण ६ रजत र १६ कास्य सहित २४ पदक, मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ७ कास्य, लुम्बिनी प्रदेशले १ स्वर्ण, ७ रजत र ८ कास्य, सुदूर पश्चिम प्रदेशले १ स्वर्ण, १ रजत, १० कास्यसहित १२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, २ कास्य पदकसहित ३ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषदको आधिकारिक एप्समा उल्लेख छ ।