शताब्दी पुरुष सत्यमोहन जोशीको निधन; जाेशीको शरीर नजलाइने, अध्ययनका लागि राखिने


लेखक : लेखापढी      ३० आश्विन २०७९, आईतवार ११:०५ मा प्रकाशित     
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन; जाेशीको शरीर नजलाइने, अध्ययनका लागि राखिने

संस्कृतिविद् वाङ्मय शताव्दी पुरूष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् ।

उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।

आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको जोशीको शवलाई अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिने दाहसंस्कार नगरिने भएको हो । जोशीले मृत्यु अघि नै शरीर दान गरेकाले उनको दाहसंस्कार नगरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । जोशीको शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने भएको छ ।

पछिल्लो पटक उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।