मधेश प्रदेशका मुख्यमन्त्री राउतद्वारा कांग्रेसका ३ मन्त्री बर्खास्त


लेखक : लेखापढी      २८ आश्विन २०७९, शुक्रबार १४:४७ मा प्रकाशित     
मधेश प्रदेशका मुख्यमन्त्री राउतद्वारा कांग्रेसका ३ मन्त्री बर्खास्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका चार मन्त्रीलाई हटाएसँगै त्यसको बदला लिन जसपाबाट मुख्यमन्त्री भएका राउतले तीन मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला, बालबालिका तथा खेलकुद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा मन्त्री बनेका थिए । उनीहरु गत २०७८ जेठ २६ गते मन्त्री नियुक्त भएका थिए ।

हटाइएका मन्त्रीहरुको काम अब मुख्यमन्त्रीले नै सम्हाल्ने भएका छन् ।