आजदेखि सर्वसाधारणलाई इस्टर्न हाइड्रोपावरको आईपिओ बिक्रि खुला


लेखक : लेखापढी      २८ आश्विन २०७९, शुक्रबार १३:०८ मा प्रकाशित     
आजदेखि सर्वसाधारणलाई इस्टर्न हाइड्रोपावरको आईपिओ बिक्रि खुला

इस्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गते शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेकाे छ । लगानीकर्ताले कात्तिक १ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।  

कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओ असोज ९ गते आइतबार बाँडफाँड गरेको थियो । कम्पनीले भदौ ७ गतेदेखि  भदौ २८ गतेसम्म  भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको थियो ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको जनाएको छ ।