चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु


लेखक : लेखापढी      २७ आश्विन २०७९, बिहीबार १३:०९ मा प्रकाशित     
चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

चितवन । चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ ।

आज (विहिबार) बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच/छ वर्षको भाले गैँडा मरेको हो । सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्याङ्कानुसार ६ सय ९४ गैँडा छन् । यो आर्थिक वर्षमा यससँगै दुई गैँडाको मृत्यु भएको छ ।