सन्दीप लामिछानेलाई दोस्रोपटक थप ५ दिन हिरासतमा राख्न अनुमति


सन्दीप लामिछानेलाई दोस्रोपटक थप ५ दिन हिरासतमा राख्न अनुमति

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट बिहीबार दोस्रोपटक पाँच दिनको म्याद थप गरिएको छ ।

अदालतले यसअघि उनलाई सात दिन हिरासतमा राखेर अनुुसन्धान गर्न अनुमति दिएको थियो ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो ।