जनमत जुनसुकै शासन प्रणालीको जनादेश हो र जनमत बाट विजयी हुने व्यक्ति नेता हून। राजनिति निस्वार्थ रूपमा गरिने एउटा सेवा हो भने राजनितीज्ञ एक सेवक हुन।यसलाई संयोजन गर्ने र गराउने काम निर्वाचन आयोगको हो।त्यस्पछि शासन चलाउनको निमित नेता र जनताको अभिमत बाट नियम ,कानुन, विधि र विधान बनाईछ भने त्यो नै संविधान हो।
विश्वको पहिलो संविधान मनुस्मृति देखी नेपालको आजको संविधान २०७२ साल सम्मको अवधिलाई नजरअन्दाज गरेर हेर्दा हामीले फेरी राष्ट्रको पक्षमा आवाज उठाउनु पर्ने बेला आएको जस्तो देखिन्छ यदि राष्ट्रीयता ,स्वतत्रता , स्वाधिन्ता हकअधिकार, समानताको हक अधिकारी स्थापना, अनियमितता रोक्नको निमित जनक्रान्ति को आवश्यकता आज भएको हामीले अनुभूति पाएका छौ।
२००७ साल देखि सम्मका निर्वाचन का अभ्यासहरू हेर्दा केहि सफल र केही असफल भएता पनि विकाश र निकाशको हिसावबाट हेर्दा असफल्नै मान्नु पर्छ। असफल को भागेदारी हामी आफै हौ कोहि उम्किन पाउने छैनौ। चाहे २००७, २०१५, २०१७, २०३६, २०४६, २०५२, २०६२/६३ सालमा घेरै व्यवस्था परिवर्तन प्रयास क्रान्ति शुरूभए तर सवै कथित हुदाँ आज हाम्रो स्वाधीनता, स्वतंत्रता र अधिकार अरूलाई नै सुम्पिन पुगेका छौ।जस्को कारण यहाँ व्यवस्थामा आफुलाई अग्रज ठान्ने भाडाका टट्टू ले हिजो तपाईं हामीलाई छलछाम गरेर गएका आज फेरि पनि निर्वाचनको नाममा विदेशीले स्वार्थमा दिएको पैसा बोकेर तपाईको घरदैलोमा तपाईलाई फकाउन या त किन्नको निमित र भोट माग्न तपाईको सामु आउदैछन। अवपनि विचार पुर्याउनु भएन भने पूरपुरोमा हात लगाएर बस्नु शिवाय के नै गर्नै सकिन्छ र? त्यसैले म एक सचेत लेखकको हौसियतले सम्पुर्ण
आमाबुबा, दाजुभाई, दिदिबहिनी हरूलाई अनुरोध गर्दछु आफनो मत सहिठाउँ सदुपयोग गरिदिनुहोला अन्यथा पछुताउनु शिवाय केही गर्नै सकिदैन यदि तपाईले अझैपनि भोटलाई नोटमा बिक्री गर्नु भयो भने तपाई आफै पछुतोमा पर्नु हुनेछ या यस्को असर दिर्घकालिन हुन सक्छ ।
यदि भोटलाई मासुचिउरामा लिलामी गरिदिनु भयो भने तपाईको र अर्को पुस्ता सम्म नै आशु झार्दै बित्नेछ र गुनासो गर्दै यो भएन, त्यो भएन, यस्तो गर्नु पर्थो ,भन्दै दिन काटनु बाहेक केही विकल्प हुदैन ।
यदि तपाईं म नातावाद भन्दै हिडछौ भने राम्रो मान्छेले चुनाव हार्छ भने तपाईलाई आफन्तैबाट धोका दिने दिनहरू शुरूवाति हुनेछ।
यदि तपाईहरू पाटीको अन्धभक्त भई पाटीले पैसा मा टिकट दिएर पठाएकालाई व्यक्तिहरूलाई जिताउने अभियानमा लाग्नु हुन्छ भने असल र योग्य व्यक्ति पराजय हुनेछ त्यस्को प्रभाव तपाईको जनजिवनमा पर्ने छ।
यदी तपाईहरू समुन्नत र समृद्ध राष्ट्र का निर्माण गर्ने हो भने तपाईहरूले आ- आफ्नो मतलाई स्वविवेक ले प्रयोग गर्नुपर्नेछ । यदि देशमा राम्रा,दक्ष र योग्य व्यक्ति विजय भएर आएमा हाम्रो खु:शी यहि आउने छ, सदैव दीपावली हुनेछ स्वतन्त्रताको अधिकार पाउनु हुनेछ राष्ट्रले विकासको गतिलिनेछ भष्टचार मुक्त राष्ट्र निर्माणहुनेछ, रोजगारी को सिर्जना हुनेछ जसले विदेशपलायन हुनुपर्ने अहिलेको बाध्यतत्मक अवस्थाको अन्त्य हुनेछ। उचित शिक्षाको अवधारणा आउनेछ जस्ले गुणस्तरहिन शिक्षा नीती परिवर्तन हुनेछ। विदेशी यूनिभर्सिटी पढने को क्रेज धटने छ, राष्ट्रको उन्नति हुनेछ।सान,मान र इज्जत को साथ देशमै बस्ने व्यवस्था हुनेछ भने आशा छ।
यदि हामीले राम्रो , इमानदार ,दक्ष र सक्षम व्यक्तिलाई आफ्नो अमुल्य मत नातावाद, कृपावाद ,पुजिवाद, पाटीवाद भन्दा बाहिर रहि प्रदान गरेमा राष्ट्र र हामी दुवैको हित हुनेछ। अन्यथा देश भन्दा व्यक्ति र दाम ठूलो ठानेमा देश र जनता दुवैको हित हुदैन।
अन्तयमा : तपाईको १ भोटले देश र आफुलाई कता लादैछ? भन्नेतपाईलाई नै थाहा छ। त्यसैले हाम्रो १ भोटले हाम्रो भविष्य,पुस्ता,सुख- दुख र देश कता लाने भन्ने कुरा निधारण गर्ने हुदाँ मतपत्रमा छाप हान्नु अधि ३ पटक आफ्नो देश र भविष्य सोचिदिनु होला तथापि तपाईको १ मतले ५ वर्ष होईन २५-३० वर्षलाई तपाईको भविष्य र राष्ट्को अवस्था लाथालिङ्ग, अस्तव्यस्त र अन्धकारमय हुनेछ। फेरी २०६२/२०६३ नदोहोर्याउन सम्पुर्णमा अनुरोध गर्दछु।
“तपाईंहरू देशको मालिक हो भने नेता तपाईका तपाईहरूका खेतला हुन ” मालिक र खेतलालाई कुन कुन स्थान सुहाउछ? बनाउने व्यवस्थापन गर्नेकाम तपाईको हो! सदैव तपाईहरू मलिक बन्नुस खेतलाको नै दासि र गुलामी होईन।
“मुला रोपेर गाजर फल्दैन है हजुर”
मुला र गाजरको स्थान मान फरक छ गाजर खाएर सभामा बसिन्छ, मुला खाएर वनमा पसिन्छ त्यो पनि रोज्नेकाम तपाईको हो। “मुला रोपेर गाजर फलाउने कल्पना पनि नगरौ हौ”।
“न्याउरी मारी पछुतो” नेपाली जनताहरू बेलौमा बिचार गरि मतदान गरिदिनु होला पछि पछुतो गरेर काम छैन। यहाँ सवै कथित क्रान्ति भैरहेको छ , आफुलाई अग्रज ठान्ने नेताहरू, भाडाका टट्टूहरू हुन भत्ता खाई विदेशीको पैसामा राजनिती गरिराछन समयमै विचार गरनु होला पछि पछुतो न होस।
“दाम भन्दा ठुलो तपाईको भविष्य र देश हो भन्ने सोचिदिनु होला” देश र तपाईं रहे दाम र कामको विषयमा तपाईं हामी झगडा गर्दै गरौला। नेपाली भनेर बनेर हैत। यससपालि पनि छट्टुलालहरू आदर्शको भाषा लिएर तपाईं माझमा आउदै छन।
हाम्रो हैन राम्रोलाई आफ्नो अमुल्य मतदिनु होला फेरि तपाईहरूमै कटाक्ष नचलोस।
लेखक हुँ, जे देखे त्यहि लेखे यो लेख आउदै गरेको निर्वाचनको जनचेतना र सचेतना लागि मात्र हो।
रूपेश कार्की (बद्री प्रयास)