मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित हुँदै


लेखक : लेखापढी      २६ आश्विन २०७९, बुधबार ११:५३ मा प्रकाशित     
मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित हुँदै

लमजुङ —  मनाङ प्रदेश ‘२’  निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका छन् ।

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ  अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध हुने भएका हुन् ।

उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । उमेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ ।औपचारिक घोषणा भने हुन बाँकी छ ।