कालिकाेटमा बेपत्ता भएका १५ मलामीमध्ये २ जना सम्पर्कमा, १३ जनाको खाेजी कार्य जारी


लेखक : लेखापढी      २४ आश्विन २०७९, सोमबार १४:५१ मा प्रकाशित     
कालिकाेटमा बेपत्ता भएका १५ मलामीमध्ये २ जना सम्पर्कमा, १३ जनाको खाेजी कार्य जारी

कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका  १५ जनामध्ये १३ जना पहिरोमा पुरिएर अझै बेपत्ता छन् भने  २ जना सम्पर्कमा आएका छन् । पहिरोमा परेका टेकराज शाही र अबराज शाही सुरक्षित स्थानमा आइसकेका छन् ।

कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–४ राँचुलीबाट बेपत्ता १३ जनाको पहिचान खुलेको कालिकोटका डिएसपी चक्र शाहले बताए ।

शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएको र सो पहिरोले उनीहरुलाई नदीमा बगाएको डीएसपी शाहले जानकारी दिए । 

बेपत्ताहरूको प्रहरीले खोजी गरिरहेको छ ।

१. कालीबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ४७ वर्ष ।

२. धनबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ६३ वर्ष ।

३. छत्रजंग शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ३६ वर्ष ।

४. खगेन्द्र शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २८ वर्ष ।

५. भेषबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २३ वर्ष ।

६. धन शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ५५ वर्ष ।

७. अलि शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ७६ वर्ष ।

८. खेमराज शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २३ वर्ष ।

९. मानबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ५७ वर्ष ।

१०. मोतिलाल शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ४१ वर्ष ।

११. परबहादुर शाही, तिलागुफा नगरपालिका-४ राँचुली, ५६ वर्ष ।

१२. नरेश शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २४ वर्ष ।

१३. प्रशान्त शाही, तिलागुफा नगरपालिका-४ राँचुली, २३ वर्ष ।