सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा राखेर उपचार हुँदै


लेखक : लेखापढी      २४ आश्विन २०७९, सोमबार ११:५० मा प्रकाशित     
सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा राखेर उपचार हुँदै

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।  सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको हो । 

ललितपुरको किष्ट अस्पतालमा उनको उपचार जारी रहेको हो ।   असोज ६ गतेदेखि सोही अस्पतालमा उपचाररत जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।

‘जोशीज्यूको समग्र अवस्थामा उल्लेखनीय प्रगति भएको पाइएको छैन,’ किष्ट मेडिकल कलेजको बुलेटिनमा लेखिएको छ ।