कालिकोट । तिलागुफा – ४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् ।
शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् ।
राँचुलीमा मलामी गएकाहरु सम्पर्कविहीन भएको खबर आएको र आफूहरु यसबारे अनुसन्धानमा लागेको सिडिओ रामहरि शर्माले जनाए ।