नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीबार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।
बिदाका कारण अदालत बन्द रहेका कारण सोमबार मात्र म्याद थपका लागि अदालत लाग्न लागिएको हो । प्रहरी स्रोतका अनुसार आज दिउँसोसम्ममा लामिछानेलाई अदालत लैजाने तयारी गरिएको छ ।
चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन। दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौँ प्रहरी परिसर स्रोतले जानकारी दियो ।