काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएकी छिन्।
राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना भएकी उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। उनले भने, ‘राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा परीक्षण चलिरहेको छ। भाइरल ज्वरोको आशंका गरिएको छ। अहिले स्वास्थ्य परीक्षण भइरहेको छ।’
स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपछि भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो।