बालकृष्ण ढुंगेलको निधन


बालकृष्ण ढुंगेलको निधन

काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार निधन भएको छ । काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०६४ सालमा ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सशस्त्र युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्या अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल सजाय भोगेका उनी  २०७५ सालमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका थिए । उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।