माधव नेपालले रेशम चौधरीलाई कारागारमै पुगेर भेटे


लेखक : लेखापढी      १५ आश्विन २०७९, शनिबार ०३:३० मा प्रकाशित     
माधव नेपालले रेशम चौधरीलाई कारागारमै पुगेर भेटे

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले हत्याको अभियोगमा जेलमा रहेका रेशम चौधरीसँग भेट गरेका छन् ।

शुक्रबार डिल्लीबजार कारागार पुगेर अध्यक्ष नेपालले नागरिक उन्मुक्ति पार्टीका नेतासमेत रहेका चौधरीलाई भेटेका हुन् ।

अध्यक्ष नेपालका अनुसार भेटमा चौधरीले आफूमाथि राजनीतिक व्यवहार नरिएको गुनासो गरेका थिए । सरकारले छाड्ने सहमति गरेपनि अहिलेसम्म कार्यान्वयन नगरिएको चौधरीको दुखेसो थियो । 

कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनाका मुख्य योजनाकार मानिएका चौधरीले डिल्लीबजारस्थित कारागारमा सजाय काटिरहेका छन् ।