रवीन्द्र मिश्र काठमाडौं-१ मा चुनाव लड्ने घोषणा


लेखक : लेखापढी      १४ आश्विन २०७९, शुक्रबार १४:०५ मा प्रकाशित     
रवीन्द्र मिश्र काठमाडौं-१ मा चुनाव लड्ने घोषणा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं-१मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन्।

राप्रपाका बरिष्ठ उपाध्यक्ष रहेका मिश्रले शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उम्मेदवारी घोषणा गरेका हुन्। मिश्रको उम्मेदवारी घोषणा सभामा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत नेता कार्यकर्ता उपस्थित थिए।   

०७४ सालको चुनावमा पनि तत्कालीन साझा पार्टीबाट उम्मेदवार बनेका थिए। उक्त चुनावमा उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए।