लोकसेवा आयोग : नेपाल राष्ट्र बैंक सम्बन्धि महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु


लोकसेवा आयोग : नेपाल राष्ट्र बैंक सम्बन्धि महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक “नेपाल राष्ट्र बैंक सहायक दितीय” सम्बन्धि प्रस्तुत गरेका छौ ।

भाग-१

१. नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो?

– वि.स.२०१३ बैसाख १४

२. नेपालको केन्द्रीय बैंक कुन हो?

– नेपाल राष्ट्र बैंक

३.नेपालको पहिलो गभर्नर को हुन्?

– हिमालय समशेर जवरा

४. नेपालको पहिलो महिला गभर्नर को हुन्?

– डा. निलम ढुंगाना तिमल्सिना

५. गभर्नर को कार्यकाल कति वर्षको हुन्छ?

– ५ वर्ष

६. नेपाल राष्ट्र बैंकले सर्वप्रथम कहिले नोट निस्कासन गरेको हो?

– वि.स.२०१६ फाल्गुन ७

७. गभर्नरको नियुक्ति कसले गर्दछ?

– नेपाल सरकार मन्त्रिपरिषद्ले

८. नेपाल राष्ट्र बैंकको सन्चालक समितिमा बढीमा कति जना सदस्यहरु रहन्छन?

– सात जना

९. नेपाल राष्ट्र बैंकमा कति जना डेपुटी गभर्नर रहन्छन?

– २ जना

१०. नेपाल राष्ट्र बैंकको सन्चालक समितिको अध्यक्ष को हुने व्यवस्था छ?

– गभर्नर

११. विप्रेषण(remittance) कारोबारका लागि कुन संस्थासंग इजाजतपत्र लिनु पर्दछ?

– नेपाल राष्ट्र बैंक

१२. विप्रेषण(remittance) कारोबारका लागि लिएको इजाजतपत्र कति समयमा नबिकरण गर्नुपर्दछ?

– ५ वर्ष

१३. नेपालमा हाल विप्रेषण(remittance) कारोबार गर्ने इजाजतपत्र प्राप्त कम्पनी कति रहेका छन्?

– ४१ वटा

१४. नेपालमा कतिवटा देशको मुद्राको खरिद तथा बिक्रि हुने गर्दछ?

– २१ देशको

१५.कर्मचारीतन्त्रका जन्मदाता को हुन्?

– मेक्स वेबर

१६. नेपाल राष्ट्र बैंकमा कति बिभाग रहेका छन्?

– १७ वटा

१७. नेपाल राष्ट्र बैंक कुन ऐन बमोजिम स्थापना भएको थियो?

– नेपाल राष्ट्र बैंक ऐन,२०१२

१८. नेपालमा बजेट प्रमाणिकरण कसले गर्दछ?

– राष्ट्रपति

१९. बजेट शब्द कुन भाषाको कुन शब्दको अपभ्रंश हो?

– फ्रेन्च भाषाको बगेट

२०. वर्षमा दुई चोटी बजेट पेस गर्ने राष्ट्र कुन हो?

– फ्रान्स

यी महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु पढ्नुभयो : “राष्ट्रिय निकुञ्ज”   
लोकसेवा आयोगले सोधेका महत्त्वपूर्ण प्रश्नोत्तरहरु 
सामाजिक अवस्था, प्रचलित प्रथा, धर्म, संस्कृति  
नेपालको अन्तरास्ट्रिय सम्बन्ध 
प्रमुख वैज्ञानिक आविष्कारनेपाली साहित्य सम्बन्धि


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com