रवीन्द्र मिश्रले एक दर्जन सहित राप्रपामा प्रवेश गरे


रवीन्द्र मिश्रले एक दर्जन सहित राप्रपामा प्रवेश गरे

काठमाडौँ- विवेकशील साझा परित्याग गरेका रवीन्द्र मिश्र सहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । बुधबार दिउँसो १ बजे काठमाडौंको राष्ट्रियसभा गृहमा उनीहरु राप्रपा प्रवेश गरेका हुन् । राप्रपा प्रवेश गर्दा विवेकशील साझाका निवर्तमान अध्यक्ष मिश्रको साथ धेरैले छोडेका छन् । 

विवेकशील साझाका प्रवक्ता प्रकाशचन्द्र परियारका अनुसार केन्द्रीय समितिका १ दर्जन नेताले मात्र मिश्रसँगै राप्रपा जाने निधो गरेका छन् । उनीहरुले पार्टी कार्यालयमा राजीनामा पत्र बुझाएको उनको भनाइ छ ।  जसमा केन्द्रीय सदस्य नारायण कोइराला, कर्णबहादुर शाही, हरि गौतम, पूर्ण शाही, धर्म शाक्य, मुरली मिश्र माधव भण्डारी, शान्ता गिरी, सुरेन्द्र शाह, डम्बर खत्री लगायत छन् । 

विवेकशील साझालाई हिन्दु र राजावादी बनाउन पञ्च, मण्डले र राजावादी पृष्ठभूमिका मान्छे पार्टीमा छिरेका थिए । उनीहरुलाई बोकेर मिश्र राप्रपामा गएको परियारले बताए ।