काभ्रे सामाजिक युवा क्लब द्वारा दौड प्रतियोगिता सम्पन्न, प्रबिन चौलागाईं प्रथम


लेखक : लेखापढी      ६ आश्विन २०७९, बिहीबार १३:४० मा प्रकाशित     
काभ्रे सामाजिक युवा क्लब द्वारा दौड प्रतियोगिता सम्पन्न, प्रबिन चौलागाईं प्रथम

धुलिखेल-४ काभ्रेमा अवस्थित सामाजिक युवा कल्बद्वारा आयोजित दौड प्रतियोगिता जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न भएको छ।

नेपालीहरुको महान् चाड दशैँ आउन लागेको अवसरमा आयोजना गरिएको दौड प्रतियोगिताको शुभारम्भ गर्दै प्रमुख अतिथि गौतमले कार्यक्रम आयोजकलाई यस्तो राम्रो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै भने,” खेलकुदले हामीलाई स्वस्थ्य बनाउने र शरीरलाई स्टामिना दिने हुदा यस्तो राम्रो कार्यक्रम आयोजना गर्ने सामाजिक युवा कल्ब संग जोडिएर सदैव आफुले काम गर्ने छु भन्ने कुरा जिल्ला समन्वय समितिको तर्फबाट व्यक्त गर्न चाहन्छु।”

करिब ६.४ किमी लामो दौड प्रतियोगितामा करिब सय जना युवाहरुले भाग लिएका थिए। ति सबै युवाहरुलाई पछि पार्दै प्रबिन चौलागाईंले प्रथम स्थान हासिल गरेर दश हजार नगद पुरस्कार सहित विभिन्न सहुलियत प्राप्त गरेका छन् भने दिपेन्द्र ओलि द्वितीय हुन सफल भएका छन् र उनले पाच हजार नगद पुरस्कार र अन्य विभिन्न सहुलियत प्राप्त गरेका छन्।

भर्खरै स्थापना भएको यूवा क्लबले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबै प्रायोजक तथा अन्य व्यक्तित्व र संस्थालाई धन्यवाद दिदै निरन्तर विभिन्न खेलकुदका अन्य कार्यक्रम आयोजना गर्ने जानकारी समेत दिएको छ ।