भारतीय हास्यकलाकार राजु श्रीवास्तवको निधन


भारतीय हास्यकलाकार राजु श्रीवास्तवको निधन

भारतीय हास्यकलाकार राजु श्रीवास्तवको आज ५८ वर्षको उमेरमा निधन भएको छ ।

पछिल्लो थुप्रै दिनदेखि उनी दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । अघिल्लो महिना राजु श्रीवास्तवको अचानक स्वास्थ्य अवस्था बिग्रिएको थियो । त्यसपछि नै उनलाई अस्पताल भर्ना गरिएको थियो ।

वास्तवमा राजु श्रीवास्तव होटलको जिममा वर्कआउट गरिरहेका थिए । ट्रेडमिलमा व्यायाम गर्दागर्दैै उनलाई छाती दुख्यो र उनी एक्कासी ढले । त्यसपछि राजुलाई उनका जिम ट्रेनरले तत्काल अस्पताल लगे । डाक्टरका अनुसार व्यायाम गर्नेबेला राजु श्रीवास्तवलाई कार्डियक अरेस्ट भएको थियो । भारतका चर्चित गायक केकेको पनि केही समय अघि कार्डियक अरेस्टका कारण निधन भएको थियो ।