मातृभूमि साहित्य समाजको २४ औं वार्षिकोत्सव सम्पन्न


मातृभूमि साहित्य समाजको २४ औं वार्षिकोत्सव सम्पन्न

मिति २०७९ असोज ३ गते मातृभूमि साहित्य समाज हेटौंडाले २४ औँ स्थापना दिवसको उपलक्ष्यमा शुभ विजयादशमी, दीपावली तथा छठ पर्वको पूर्व सन्ध्यामा शुभकामना तथा रचना वाचन कार्यक्रमको आयोजना गर्यो ।

संस्थाका अध्यक्ष माधव पोखरेलको अध्यक्षता, वरिष्ठ लघुकथाकार डा. पुष्करराज भट्टको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको सो समारोहको सञ्चालन महासचिव हेमन्त ढुङ्गेलले गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष प्राध्यापक कृष्ण दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

समारोहमा मातृभूमि साहित्य समाजका गतिविधि समेटिएको परिचय पुस्तिकाको चौथो संस्करण मातृभूमि प्रमुख अतिथि, अतिथि एवम् सहभागी सबैले एकमुुष्ट रुपमा विमोचन गर्नुुभयो । संस्थाका गतिविधि एवं परिचय पुस्तिकाका बारेमा संस्थापक अध्यक्ष ह्याग्रीव आचार्र्यले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विष्णु गौतम, दिनेश शर्र्मा, हेमन्त ढुङ्गेल, एलिना ढकाल, गोपिनी गौतम, डि.बी. बर्तौला, अनुराधा पौडेल, राजकुमार लामिछाने, चेतप्रसाद रिमाल, देवेन्द्र कलवार, छवि अनित्य, सम्प्रस पौडेल, तोयानाथ सुवेदी, मञ्जु खराल, प्रबेन्द्र महर्जन, किशोर पौडेल, आर.सी. रिजाल, निमेष निखिलले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

मातृभूमि साहित्य समाजका कार्यसमिति सदस्य किशन पौडेलद्वारा हरेक वर्ष उत्कृष्ट लघुकथा कृतिलाई कृतिगत रूपमा नगद रु ११,१११ राशिको “मातृभूमि लघुकथा रत्न सम्मान” प्रदान गर्ने घोषणा गरियो ।

कार्यक्रममा विभिन्न साहित्यिक सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधि तथा सामाजिक शैक्षिक व्यावसायिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रममा संस्थापक अध्यक्ष हयग्रीव आचार्य, मकवानपुर सर्जक सञ्जालका अध्यक्ष निमेष निखिल, महाकाव्यकार मुना अर्यालले शुभकामना मन्तव्यका साथै रचना वाचन समेत गर्नुभएको थियो ।