कानुनी अनुसन्धान समाज नेपाल संस्थाले विद्यालयहरुमा कानुनी सचेतना प्रदान गर्दै


कानुनी अनुसन्धान समाज नेपाल संस्थाले विद्यालयहरुमा कानुनी सचेतना प्रदान गर्दै

काठमाडौँ- काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिकामा अवस्थित कानुनी अनुसन्धान समाज नेपाल नामक गैरसरकारी संस्थाले विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरु लाई कानुनी ज्ञान प्रदान गर्ने कार्यको थालनी गरेको छ।

कानुनी सचेतना कार्यक्रम देश भरि सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा सञ्चालन गर्ने योजना रहेको कुरा संस्थाका पदाधिकारीले बताए।
Open photo
यो योजना पुरा गर्न केहि समय अगाडी काभ्रे कै विभिन्न विद्यालयमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो र अहिले भने भक्तपुर नगरपालिकाका विद्यार्थीलाई सचेत गराइएको कुरा समेत संस्थाका पदाधिकारीले बताए।

कानुनी अनुसन्धान समाज नेपालले भक्तपुर नगरपालिकामा रहेको सरस्वती विद्या गृह माध्यमिक विद्यालयमा पुगेर माध्यमिक तहका विद्यार्थीहरुलाई न्यायिक समिति सम्बन्धि सचेतना प्रदान गरेको छ र छिटै नगरपालिका भित्रका अन्य विद्यार्थीलाई समेत सचेत गराउने जानकारी प्राप्त भएको छ।