मिस टीन ग्रीन २०२२ को ताज सिम्फोनी शिवाकोटीलाई


मिस टीन ग्रीन २०२२ को ताज सिम्फोनी शिवाकोटीलाई

काठमाडौं । सिम्फोनी सिवाकोटीले मिस टीन ग्रीन २०२२ र आस्था कलौनीले मिस टीन प्रिन्सेस् २०२२ को ताज हात
जितेका छन् । अनुजा मिडियाद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिवाकोटी मिस टीन ग्रीन
२०२२ र कलौनी मिस टीन प्रिन्सेस् २०२२ को ताज हात हात पार्न सफल भएका हुन् ।

साथै मिस टिन स्टारको ताज रास्ता महर्जन र मिस ब्यूटी विथ पर्पोस स्यारोन बज्राचार्यले जितेकी छन् । कार्यक्रममा
मिस पब्लिक चोइसको ताज प्रमिला छेत्रीले जितिन भने मिस राइजिङ स्टारको ताज मलिका श्रेष्ठ जित्न सफल भइन् ।

कार्यक्रममा प्रमुख निर्णायकको रुपमा शिक्षाविद् तथा समाजसेवी रमेशकुमार सिलवाल तथा अन्य निर्णायकहरुमा
समाजसेवी कमलकेशरी तुलाधर, व्यवसायी जिज्ञासा अर्याल, व्यूटिसियन रुश्का श्रेष्ठ, होटल व्यवसायी विष्णुबहादुर
कार्की र मोडेल निशा राईको सहभागिता रहेको थियो ।

ब्रीज इन्टरनेशनल एडुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् डा.
राजेन्द्र केसीले यस्ता कार्यक्रमहरुले किशोरीहरुको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

अनुजा मिडियाले विगत ३ वर्षदेखि किशोरीहरुको प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकासको लागि काम गरिरहेको
संस्थापक अनुजा अचार्यले बताइन् ।

प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी थिइन भने कार्यक्रमको संचालन रोजिन शाक्यले गरेका
थिए ।