अलबिदा महारानी एलिजाबेथ द्वितिया


लेखक : लेखापढी      २४ भाद्र २०७९, शुक्रबार ०३:५७ मा प्रकाशित     
अलबिदा महारानी एलिजाबेथ द्वितिया

 बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो ।

उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । महारानीको  स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार बिहीबार साँझ ६ः ३० मा  निधन भएको बकिङ्घम प्यालेसले पुष्टि गरेको छ । 

बेलायतमा उनको शासनकाललाई सबैभन्दा लामो मानिन्छ । महारानी सामान्यतया गृष्ममा बालमोरल दरबारमै बिताउने गर्थिन् । सोही परम्परा अनुरुप उनी पछिल्ला दिनदेखि सोही दरबारमा रहेकी थिइन् । मंगलबार उनले सोही दरबारबाटै नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रसलाई पनि भेटेकी थिइन् ।  

महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्नेछन् ।