लोकसेवा आयोग : “नेपालको अन्तरास्ट्रिय सम्बन्ध” बारे महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु


लेखक : लेखापढी      २४ भाद्र २०७९, शुक्रबार ०९:३० मा प्रकाशित     
लोकसेवा आयोग : “नेपालको अन्तरास्ट्रिय सम्बन्ध” बारे महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक “नेपालको अन्तरास्ट्रिय सम्बन्ध”  प्रस्तुत गरेका छौ । 

१. नेपालको परराष्ट्र नीतिका प्रवर्तक कसलाई मानिन्छ ?

– पृथ्बीनारायण शाह

२. पृथ्बीनारायण शाहले कस्तो परराष्ट्र नीतिमा जोड दिएका थिए ?

– सन्तुलित परराष्ट्र नीति

३. नेपालको आधुनिक परराष्ट्र नीतिका निर्माता कसलाई मानिन्छ ?

– राजा महेन्द्र शाह 

४. नेपालको संबिधान अनुसार नेपालको अन्तरास्ट्रिय सम्बन्ध सम्बन्धि व्यवस्था कति धारमा गरिएको छ ?

– धारा ५१ (ड)

५. असंलग्न आन्दोलन :- दोस्रो विश्वयुद्द पछि बिश्व स्पष्टरुपले दुई ध्रुवमा विभाजित भएपछि साना राष्ट्रहरुको स्वतन्त्रता र अस्तित्वमा संकट सिर्जना भएकोले आफ्नो अस्तित्व कायम राख्न गरिएको सम्मेलन हो। असंलग्न आन्दोलन तर्जुमा गर्ने अफ्रो-एसियाली का  २५ मुलुकहरुको पहिलो वैठक सन् १९५५ मा इन्डोनेसियाको वाङडुङमा सम्पन्न भएको थियो। हाल असंलग्न रास्ट्रहरुको संख्या १२० र असंलग्न आन्दोलनका पर्यवेक्षक रास्ट्रहरु १७ ओटा रहेका छन्। यसको प्रधान कार्यालय जाकार्ता मा रहेको छ। असंलग्न रास्ट्रहरुको सम्मेलन द्वारा पारित सिद्दान्त नै पन्चसिलको सिद्दान्त हो।

६. नेपाली महाबाणिज्य दुतावास कति स्थानमा रहेका छन् ?

– तिन (हङकङ,ल्हासा,कोलकत्ता)

७. नेपाली आवासीय राजदूतावास रहेका मुलुकहरु कति छन् ?

– ३० वटा

८. नेपालमा आवासीय राजदूतावास भएका बिदेशी मुलुकहरु कति छन् ?

– २७ वटा

९. नेपालका लागि विदेश स्थित स्थायी नियोगहरु कतिवटा रहेका छन् ?

– दुई (जेनेभा र न्युयोर्क)

१०. नेपाल असंलग्न आन्दोलनमा कस्तो सदस्यको रुपमा रही कार्य गर्दै आएको छ ?

– संस्थापक सदस्य

११. नेपालको पहिलो महिला राजदुत को हुन् ?

– बिन्देश्वरी शाह

१२. नेपाल सर्वप्रथम कुन अन्तरास्ट्रिय संस्थाको सदस्य भएको हो ?

– इकाफे

१३. नेपालले  पहिलो राजदूतावास कुन देशमा खोलेको थियो ?

– बेलायत

१४. नेपालसंग सर्वप्रथम दौत्यसम्बन्ध कायम भएको रास्ट्र कुन हो ?

– बेलायत (सन् १८१६ मार्च ३)

१५. परराष्ट्र मन्त्रालयबाट कति प्रकारका पासपोर्ट दिइन्छ ?

– तिन प्रकारका

१६. वि.स.२००७ साल अघि नेपालको कति देशसंग दौत्यसम्बन्ध कायम भएको थियो ?

-चार (बेलायत-सन् १८१६ मार्च ३, अमेरिका-सन् १९४७ अप्रिल २५, भारत-सन् १९४७ जुन १३  र फ्रान्स-१९४९ अप्रिल २०)

१७. हालसम्म नेपालले दौत्यसम्बन्ध कायम गरिसकेका राष्ट्रहरु कति छन् ?

– १७१ वटा (सियरा लियोन -१७१औ रास्ट्र )

१८. नेपालको चिन संग दौत्यसम्बन्ध कहिले कायम भएको हो ?

– सन् १९५५ अगष्ट १

१९. नेपाल तिब्बत बीच थापाथली सन्धि कहिले भएको हो ?

– वि.स.१९१२ चैत ३१ (जंगबहादुर राणा )

२०. भारतका लागि नेपालका पहिलो राजदुत को हुन् ?

– सिंह शमशेर जवरा

२१. नेपालको जापानसंग दौत्यसम्बन्ध कहिले कायम भएको हो ?

– सन् १९५६ जुलाई २८

२२. नेपालको सबैभन्दा ठुलो दातृ राष्ट्र कुन हो ?

– जापान

२३. नेपालमा कार्यरत जापानी सहयोग नियोग कुन हो ?

– जाइका (JICA)

२४. नेपाल-भारतबीच कोशी सम्झौता कहिले भएको थियो ?

– सन् १९४५ अप्रील २५

२५. कोशी सम्झौतामा हस्ताक्षर गर्ने व्यक्ति को थिए ?

– नेपालबाट महावीर समशेर र भारतबाट गुल्जारीलाल नन्दा

२६. नेपाल-भारतबीच गण्डक सम्झौता कहिले भएको थियो ?

– सन् १९५९ डिसेम्बर ४ ( हस्ताक्षर गर्ने सुवर्ण शमशेर जबरा र भगवान सहायक)

२७. नेपालको अमेरिका बीच दौत्यसम्बन्ध कहिले कायम भएको हो ?

– सन् १९४७ अप्रिल २५

२८. नेपललाई बैदेशिक सहयोग गर्ने पहिलो राष्ट्र कुन हो ?

– अमेरिका


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com