कुन्ती शाहीलाई दैलेख–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो सिफारिस


लेखक : लेखापढी      १९ भाद्र २०७९, आईतवार ०४:०० मा प्रकाशित     
कुन्ती शाहीलाई दैलेख–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो सिफारिस

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले महामन्त्रीमा कुन्तीकुमारी शाहीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट निर्विरोध सिफारिस गरेको छ । 

महामन्त्री शाहीलाई शनिबार बसेको पार्टीको बैठकले क्षेत्र नम्बर १ बाट सिफारिस गरेको हो । 

राप्रपामा स्थापना कालदेखी पार्टीमा विभिन्न तहमा रहेर आफ्नो सकृय राजनीति गरिरहेकी नेतृ शाही दुईपटक राज्यमन्त्री भैसकेकी छन् । नेतृ शाही दैलेखमा युवाहरुमाझ लोकप्रिय रहेकी छन् ।