मधेस प्रदेशका मुख्य न्यायाधीवक्ता झाले दिए राजीनामा


मधेस प्रदेशका मुख्य न्यायाधीवक्ता झाले दिए राजीनामा

मधेस प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । न्यायाधीवक्ता झाले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिएका हुन् ।

शनिवार झाले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबू राउतलाई आफ्नो राजीनामा पत्र बुझाएका छन् । झाले महोत्तरी क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिने तयारी गरेका छन् । 

सो क्षेत्रमा २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।