टी-२० सिरिज: केन्यालाई हराउँदै नेपाल बिजय


टी-२० सिरिज: केन्यालाई हराउँदै नेपाल बिजय

केन्यासँगको पाँचौँ म्याचमा नेपालले जित हासिल गरेको छ। अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले जित हासिल गरेको हो। 

पाँच टी–२० म्याचको श्रृंखलाको अन्तिम म्याचमा नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनायो। मंगलबार भएको खेलमा नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे। ओपनिङमा आएका ज्ञानेन्द्र मल्लले ५९ रन बनाएका थिए।  

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्याविरुद्धको पाँच अन्तर्राष्ट्रिय टी–२० सिरिज ३–२ ले हात पारेको हाे । केन्याको नैरोबीस्थित जिमखाना मैदानमा नेपालले ब्याटिङ बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्याे । यसअघि नेपाल र केन्याले सिरिजमा २–२ को बराबरी गरेको थियो । 

सिरिजमा नेपालले पहिलो खेलमा पाँच विकेट र तेस्रो खेलमा चार विकेटको जित निकालेको थियो । केन्याले नेपाललाई दोस्रो खेलमा १८ रन तथा चौथो खेलमा सात विकेटले हराएको थियो । अब केन्याविरुद्धको पहिलो एकदिवसीय खेल शुक्रबारदेखि हुनेछ ।