आइपिओ : श्रृजनशील लघुवित्तको आइपिओ बिक्री खुल्यो


आइपिओ : श्रृजनशील लघुवित्तको आइपिओ बिक्री खुल्यो

श्रृजनशील लघुवित्तको आइपिओ आज (बुधबार) देखि बिक्री खुला भएको छ ।

कम्पनीले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशतले हुन आउने आइपिओ निष्कासन गरेको हो।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गरेको छ। 

निष्कासन गरिने कुल कित्ता आइपिओमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको कम्पनीले बताएको छ।

बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भने भदौ २९ गतेसम्म थप हुनेछ। 

आवेदकले न्यूनतम १० कित्तादेखि एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

आवेदकले मेरो सेयर वेबसाइट तथा एपका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर–एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।