जनपक्षीय चलचित्रकर्मी संघको केन्द्रीय समिति गठन


जनपक्षीय चलचित्रकर्मी संघको केन्द्रीय समिति गठन
आज मिति २०७९ भाद्र ९ गते नेकपा (एकीकृत समाजवादी) सम्बद्ध जनसांस्कृतिक महासंघ समाजवादीको घटक संगठन जनपक्षीय चलचित्रकर्मी संघको केन्द्रीय समिति गठन भएको छ ।
 
भेला आयोजक समितिका संयोजक उद्दव अविदितको अध्यक्षता एवम् महासंघ केन्द्रीय सदस्य शम्भु गौतमको सञ्चालनमा सम्पन्न भयो । संघको केन्द्रीय अध्यक्षमा उद्दव अविदित, उपाध्यक्षमा शम्भु गौतम तथा टेकबहादुर लामा छिरिङ, महासचिवमा रामशरण कोइराला, सचिवमा दिनेश श्रेष्ठ, कोषाध्यक्षमा सुभाष गौतम एवम् सहकोषाध्यक्षमा नम्रता पौडेल चयन हुनुभएको छ । कमिटीका सदस्यहरूमा रामचन्द्र अधिकारी, हिउँबाला गौतम, रेशम फिरिरी, युवराज राई, निस्तेज निरौला, जेनिशा केसी, कुमार श्रेष्ठ, पुण्य ओझा, प्रदीप कक्षपति, राजुसिंह शाही, पारस कुमार अधिकारी, हरि अधिकारी, विदुर राना, विनयराज पौडेल, गोपी सापकोटा, जगतबहादुर ब्लुन, कृष्ण रसाल, सुदीप श्रेष्ठ, किरण दाहाल, दिनेशसिंह ठकुरी, किरणराज थापा, दीपकसिंह साउद, दिनेशसिंह ठकुरी, सन्देश बराइली, राज घिमिरे, गंगाबहादुर मगर, रविन्द्र खडका एवम् शिव न्यौपाने रहनु भएको छ ।
 
नवनिर्वाचित केन्द्रीय समितिलाई प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् जनसांस्कृतिक महासंघ समाजवादीका ईन्चार्ज उदय श्रेष्ठले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा जननिर्वाचित केन्द्रीय समितिलाई विशिष्ट अतिथि महासंघका अध्यक्ष कृपाराम शर्मा धमला, उपाध्यक्ष नारायण परिश्रमी, उपाध्यक्ष डा. पुष्करराज भट्ट एवम् ललितकला मञ्चका अध्यक्ष दिपेशमान सिंह प्रधानले शुभकामना दिनुभएको थियो । कार्यक्रममा जनसंगीत मञ्चका अध्यक्ष नवीन पौडेलको पनि उपस्थिति थियो । 
 
-Ram Sharan