‘कमरेड इन् आर्म्स’ भन्दै भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीले श्रद्धाञ्जली दिए


‘कमरेड इन् आर्म्स’ भन्दै भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीले श्रद्धाञ्जली दिए

काठमाडौं- भारतीय शीर्ष कम्युनिस्ट नेता सीताराम येचुरीले प्रदीप गिरि आफ्ना ‘कमरेड इन् आर्म्स’ अर्थात् घनिष्ट मित्र रहेको भन्दै श्रद्धाञ्जली दिएका छन् । 

नेपाली कांग्रेसका नेता गिरिको धेरै भारतीय नेताहरुसँग निकट मैत्री छ । भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका नेता येचुरी त्यहाँको राज्यसभाका पूर्वसांसदसमेत हुन् । नेपालको राजनीतिक क्रिया–प्रतिक्रियासँग उनी जानकार छन् । 

‘हाम्रा साथी प्रदीप गिरि नेपालमा लोकतन्त्रका अथक योद्धा र भारतका घनिष्ट मित्र थिए,’ येचुरीको श्रद्धान्जली वक्तव्यमा छ, ‘यस्ता मित्रको निधनमा हामी गहिरो दुःख व्यक्त गर्छौं ।’

यस्तै भारतीय नेता मोहन प्रकाशले पनि गिरिको निधनमा श्रद्धान्जली व्यक्त गरेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिलाई फोन गर्दै मोहनले दुःख व्यक्त गरेको निधिको ट्वीटमा जानकारी छ ।