लोकसेवा आयोग : समसामयिक सन्दर्भमा सम्भावित महत्त्वपूर्ण प्रश्नोत्तरहरु


लेखक : लेखापढी      ३ भाद्र २०७९, शुक्रबार ०९:३० मा प्रकाशित     
लोकसेवा आयोग : समसामयिक सन्दर्भमा सम्भावित महत्त्वपूर्ण प्रश्नोत्तरहरु
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक “समसामयिक सन्दर्भमा सम्भावित महत्त्वपूर्ण प्रश्नोत्तरहरु” प्रस्तुत गरेका छौ । 

१. श्वेत पत्र (White Paper) भनेको के हो?

– कुनै क्षेत्रको वर्तमान अवस्था एवं भावी मार्गचित्रको पारदर्शी विबरण

२. गैर आवासीय नेपाली संघको स्थापना कहिले भएको हो?

– सन् २००३ अक्टोबर ११

३. बिश्वकै पहिलो जिरो कार्बोन सिटि कुन सहरलाई घोषित गरिएको हो?

– युएईको मस्दार सहर

४. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो?

– जापान

५. ATM मसिनको सुरुवात कहिलेदेखि भएको थियो?

– सन् १९६७

६. नेपालमा FM रेडियो सेवा कहिलेदेखि सुरु भएको हो?

– वि.स.२०५२

७. नेपालमा पहिलो जननिर्वाचित सरकारको गठन कहिले भएको हो?

– वि.स.२०१६ जेठ १६

८. नेपालको पहिलो महिला सचिव को हुन्?

– चन्द्रकला किरण

९. नेपालको पहिलो महिला राजदुत को हुन्?

– विन्देश्वरि  शाह

१०. नेपालमा मानव अधिकार आयोगको स्थापना कहिले भएको हो?

– वि.स.२०५७ जेठ १३

११. दुई मुलुक बिचको सीमारेखामा स्थापित सीमास्तम्भबाट दुवै तर्फ दस-दस गज खाली छाडिएको जमिनलाई के भनिन्छ?

– दसगजा (no-man’s land )

१२. नेपालको सबैभन्दा पुरानो मुर्ति कुन हो?

– बिरुपाक्ष

१३. ब्रेल लिपिमा कति थोप्लाको प्रयोग गरिन्छ?

– ६ वटा

१४. नेपाललाई छुवाछुत मुक्त राष्ट्र कहिले घोषणा गरिएको हो?

– वि.स.२०६३ जेठ २१

१५. त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भएको हो?

– वि.स.२०१६ असार २५

१६. नेपालमा सामाजिक सुरक्षा कर कुन आर्थिक वर्षदेखी लिन सुरु गरिएको हो?

– आ.व.२०६६/०६७

१७. सरकारले S.L.C. परिक्षामा ग्रेडीङ प्रणाली कहिलेदेखि लागु गरेको हो?

– २०७१ सालदेखि

१८. नेपालमा औपचारिक रुपमा नर्सिङ शिक्षाको सुरुवात कहिलेदेखि भएको हो?

– वि.स.२०१३

१९. नेपालमा चिनिया  इन्टरनेट कहिलेदेखि सन्चालनमा आएको हो?

– वि.स.२०७४ पौष २८

२०. विश्वमा पहिलोपटक मोबाइल फोनको प्रयोग कहिले गरिएको हो?

– सन् १९७३

२१. नेपाल खुला विश्वविद्यालयमा पहिलोपटक कक्षा सन्चालन कहिलेदेखि भएको हो?

– वि.स.२०७५ जेठ १३

२२. सबै जिल्लामा स्वास्थ्य बिमा लागु गर्ने पहिलो प्रदेश कुन हो?

– सुदूरपश्चिम प्रदेश

२३. राष्ट्रिय आविष्कार केन्द्रको स्थापना कहिले गरिएको हो?

– वि.स.२०७६ कार्तिक १


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ, यहाँहरुकै परिचय सहित प्रकाशित गर्नेछौ :
ईमेल
lekhapadhimedia@gmail.com