लालसा (लघुकथा)


लालसा (लघुकथा)

मन्त्रिणी ज्यूलाई जसरी भए पनि एक पटक पतिदेवको उच्च आसनमा बस्ने लालसा जागेर आयो ।

एक दिन पतिदेवको गाला मुसार्दै अनुनय गरिन –
“स्वामी मेरो एउटा ठुलो इच्छा छ”

"मलाई एक पटक हजुरको यो प्रधानमन्त्रीको कुर्सीमा बस्न सारै ठुलो इच्छा छ स्वामीदेव"

“भन न प्रिय मैले तिम्रो सबै इच्छा पुरा गरेकै छु अब के त्यस्तो इच्छा नै बाँकी छ र तिमि भित्र ?”

“मलाई एक पटक हजुरको यो प्रधानमन्त्रीको कुर्सीमा बस्न सारै ठुलो इच्छा छ स्वामीदेव”

-हेर माया यो कुर्सी तिम्रो नै त हो ! म त केवल एक मोहरा न हु ।  तिम्रो इच्छा बमोजिम नै त म चलिरहेको छु । “होइन ..अब तिमिलाई यो कुर्सी नै किन चाहियो र बाबा ” ?

“पतिदेव मलाई जसरी नि यो कुर्सीमा बस्नु छ” के मेरो हक लाग्दैन र ! ?”

प्रियाको अत्यन्तै जिद्दी भएपछि पतिदेवको  केही सिप चलेन । पत्नीलाई कसरी यो उच्च आशनमा राख्ने भनेर उपाय सोच्न थाले ।
पार्टीको आकस्मिक बैठक बोलाए र आफ्नो पार्टीको घोषणापत्रमा चुनावी नारा लेख्न लगाए ।
” पहिला पहिला अरुलाई यसपालि प्रधानमन्त्री महिलालाई “

देशभरबाट महिलाहरूको एउटै आवाज गुन्जन थाल्यो    “महिला प्रधानमन्त्री हुनैपर्छ हामीले अधिकार पाउनैपर्छ ।”

चुनावी नारा सफल भयो ।
मन्त्रिणीज्यूको मुहार उज्यालो देखिन्थ्यो ।


किशन पौडेल
हेटौंडा