अन्ना हजारे, गुमनाम बिदेशी लगानी र नेपाली युवा नेताको अनौठो उदय !!


अन्ना हजारे, गुमनाम बिदेशी लगानी र नेपाली युवा नेताको अनौठो उदय !!
भारतीय समाजसेवी अन्ना हजारेले सन् २०११ मा भारतमा भ्रष्टाचार निर्मुल गर्न “जन लोकपाल विधेयक” पास गर भन्दै दिल्लीमा ठूलो आन्दोलन चलाए । आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्न नामि हस्तीहरु धर्नामा सहभागी हुँदै गए, यो आन्दोलन चलाउन भित्री कोर कमिटीमा बसेर ३ जनाले व्यवस्थापन गर्दै थियो, दिल्लीको हाल मुख्यमन्त्री केजरीवाल, प्रशान्त भूषण र किरण वेदीले सबै व्यवस्थापन गर्दै आइरहेका थिए । भारतको प्रमुख मुलधारको अखबार टेलिभिजन सबै अन्ना हजारेको आन्दोलनको चौबीसै घण्टा ब्रेकिङ न्युज भन्दै प्रसारण गर्दै थियो, अन्ना हजारे आफैंमा एक निष्कलंक गान्धीवादी अभियान्ता थिए, त्यसमाथि मिडियाले पनि आन्दोलनलाई हावा भरिदिए पछी आन्दोलनमा दैनिकी पचासौं हजारको भिंड जुट्दै जान थाल्यो।
आन्दोलनको लागि २५ लाख सम्म चन्दा दिने दाता खोज्दै जाँदा दिल्लीको झुपडपटी बस्तीमा बस्ने एकजना रिक्सा चालक भेटियो, कोही पाँच लाख दस लाख चन्दा हाल्ने दुर्गम गाउँमा बस्ने अनपढ गरीब किसान् भेटियो भने धेरै जस्तो फर्जी ठेगाना भएको भेटेपछि अन्ना हजारेले "दाल में कुछ तो काला है" भन्दै आन्दोलन स्थगन गर्न सरकार संग बिचको बाटो लियो
 

लोकपाल विधेयक मुद्दाले जब गम्भीर रुप लिन थाल्यो भारतिय खुफिया एजेन्सीले सरकारलाई खतराको संकेत दिँदै यो आन्दोलन बाहिरी मुलुकको लगानीमा भइरहेकोे छ भनेर भित्री रूपमा सतर्क गरायो… ! केन्द्र सरकारलाई सतर्कता अपनाउन सुझाव दिएपछि सरकारको प्रतिनिधिले अन्ना हजारेलाई भेटेर तपाईंको माग ठिक बेठीक अलग्गै बहस हुनसक्छ तर तपाईंको आन्दोलनमा बिदेशी लगानीमा भैरहेको छ भनेर जानकारी गराएपछि अन्ना हजारेले आन्दोलन संचालन गरिरहेको व्यवस्थापन संग आयव्यय हिसाबकिताब पारदर्शी गर्न माग गर्यो, जब हिसाबकिताब फाइल पल्टाएर हेर्दा के देखियो भने दस लाख देखि बीस लाख पच्चीस लाख सम्म चन्दा दिने दाताहरू सबै नक्कली ठेगाना भएको पाइयो । आन्दोलनको लागि २५ लाख सम्म चन्दा दिने दाता खोज्दै जाँदा दिल्लीको झुपडपटी बस्तीमा बस्ने एकजना रिक्सा चालक भेटियो, कोही पाँच लाख दस लाख चन्दा हाल्ने दुर्गम गाउँमा बस्ने अनपढ गरीब किसान् भेटियो भने धेरै जस्तो फर्जी ठेगाना भएको भेटेपछि अन्ना हजारेले “दाल में कुछ तो काला है” भन्दै आन्दोलन स्थगन गर्न सरकार संग बिचको बाटो लियो, सरकारले पनि अन्ना हजारेको माग बिस्तारै पुरा गर्दै जाने भन्दै र अन्न हजारेले पनि भोलि गएर पुरा गरेन भने फ़ेरि आन्दोलन गर्ने भनेर कार्यक्रम स्थगन गरियो।

अन्ना हजारे त स्वच्छ छविका थिए, उनको उद्देश्य पवित्र थियो तर उनको साधुपनको फाइदा उठाएर लाभांश लिएर आफ्नो दुनो सोझ्याउने बारे उनलाई के थाहा ? एकपटक कपिल शर्मा शोमा उनलाई केजरीवाल बारेमा प्रश्न सोध्दा उनलेे जवाफ् दिएको थियो “भगवानले हामीलाई तिम्रो मनमा के छ मलाई थाहा हुन्न मेरो मनमा के चलिरहेको छ तिमिलाई थाहा हुन्न” भनेर जवाफ् फर्काएको थियो।

अन्ना हजारेले आफ्नो पहिलो दिल्लीमा आयोजित आन्दोलनमा देशी-विदेशी “घुसपैठ” भएको आशंका गर्दै अब पारदर्शी ढंगले आन्दोलन गर्ने भन्दै पुनः त्यही “जन लोकपाल” विधेयक मागलाई दोहराएर आफ्नै रालेगन सिद्धी स्थित आश्रममा अनशन बसेर आन्दोलनको घोषणा गरे ।

आन्दोलनको घोषणा गर्दै अनशनमा त बसियो न कुनै राष्ट्रिय स्तरको पत्रपत्रिकाले समाचार दियो, न कुनै नाम चलेको समाजसेवी मानवअधिकारवादीहरु नै आए न कुनै बलीवूड कलाकारहरु आएर हाम्रो पनि ऐक्यबद्धता भन्दै आए…… ! कोही छैन वरिपरि सुनसान छ ! त्यही आश्रममा बस्ने अनि रालेगानका स्थानीय ब्यक्तिहरु मात्रै झुम्मी रह्यो…… !

आन्दोलनमा आयव्यय सबै पारदर्शी सहितको आन्दोलन भन्दै गरेको अन्ना हजारेको अनशन अन्ततः एक हप्तामा स्थगन गर्न पर्यो।

यस घटना बाट हामीले धेरै पाठ सिक्न सक्छौं। अन्ना हजारेको उद्देश्य त पवित्र नै थियो, ऊनी निष्कलंक पात्र हुन् भन्नेमा कुनै सन्देह छैन तर यस्ता निष्कलंक साधु पात्रहरुलाई कसरी उपयोग र प्रयोग गर्ने रहेछ देशीविदेशी माफियाहरुले भनेर बुढेसकालमा आएर अन्न हजारेले बल्ल बुझ्न थाले !

अहिले अर्को हिरो आएको छ राजनीतिक बजारमा रवि लामिछाने ! यो "हिरो" लाई अहिले तत्कालै मार्केटमा उतार्नुको एउटै कारण हो राजनीतिक बजारमा राजेन्द्र लिंगदेनको मार्केटलाई काउन्टर गर्नु, त्योभन्दा अर्को केही होइन। संघीय लोकतान्त्रिक गणतन्त्रको जन्मदाता प्रचण्ड, देउवा, ओलीको मार्केट ओरालो लाग्दै गएपछि "नयाँ बोतलमा पुरानै रक्सी" राखेर व्यवस्था त ठिकै हो "पात्र" पो खराब हो

उनको बढाईचढाई गरेर हिजो प्रत्येक मिडियाको हेडलाईन समाचार बनेको त बेनामे चन्दाबाट बिज्ञापन समाचार पो रहेछ, बलीवूडका कलाकार देखि नाम चलेका नामुद मानवअधिकारवादी नागरिक अधिकारकर्मीहरु त गोप्य चन्दा बाट खल्ती भरेर पो उनको आन्दोलनमा ऐक्यबद्धता भन्न आएको रहेछ भन्ने बल्ल बुझे !! उनको माग त के पुरा हुनु तर उनको आन्दोलनलाई गुप्त लगानी ओइराउने शक्तिले अरविन्द केजरीवाललाई भारतको राजनीतिमा स्थापित गरेर अन्न हजारेलाई उखुको रस चुसेर फालेको छोक्रा जस्तो पारेर मिल्काए।

नेपालमा पनि नेपालको अन्ना हजारेको रूपमा गोविन्द केसीलाई उठाई रहेकोे हुन्छ । उनको सादगीपन उनको त्याग तपस्या मिडियामा ओइरो लगाई रहेकोे हुन्छ, बेला बेलामा अनशनमा बस्छन् कान्तिपुर मिडियाको मुख्य पृष्ठमा कभर हुन्छ झन् त्योभन्दा स-साना मिडिया युट्युबहरुको ताँती त हुने नै भयो तर पख्नुस् अन्ना हजारे जस्तै चोखो पवित्र स्वार्थरहित उनको माग होला तर त्यो माग भित्रको भित्री कथाबाट स्वदेशी लगानीकर्ताको अवस्था के हुन पुग्छ भनेर थोरै सम्बन्धित क्षेत्रका नेपालीलाई मात्रै थाहा छ आवश्यकता परे कुनै दिन सविस्तार बाहिर ल्याएर आउने नै छु।

अहिले अर्को हिरो आएको छ राजनीतिक बजारमा रवि लामिछाने ! यो “हिरो” लाई अहिले तत्कालै मार्केटमा उतार्नुको एउटै कारण हो राजनीतिक बजारमा राजेन्द्र लिंगदेनको मार्केटलाई काउन्टर गर्नु, त्योभन्दा अर्को केही होइन। संघीय लोकतान्त्रिक गणतन्त्रको जन्मदाता प्रचण्ड, देउवा, ओलीको मार्केट ओरालो लाग्दै गएपछि “नयाँ बोतलमा पुरानै रक्सी” राखेर व्यवस्था त ठिकै हो “पात्र” पो खराब हो भन्दै २०६३ पछीका नयाँ पुस्तालाई अलमल्याएर व्यवस्थाको आयु वृद्धि गर्न ल्याएको सिखण्डी बाहेक लामिछाने अर्को केही होइन र त्यसैको लागि “गुप्त चन्दा” दिने मालिकहरु बाट आज उनको पुर्व पश्चिम् अभियान चल्दै छ।

यिनी नागरिकता विधेयक बारेमा मौन बस्छन् यिनी MCC बारेमा मौन बस्छन् यिनी SPP बारेमा मौन बस्छन् । यिनी राज्यलाई खोक्रो पार्ने INGO को लगानी बारेमा मौन बस्छन् । यिनी नेपालको परराष्ट्र निति बारेमा मौन बस्छन् यिनी बिश्व बैंक देखिन एशियाली बैंकरको नेपालमा प्रत्यक्ष-अप्रत्यक्ष अर्थतन्त्र माथि हुने हस्तक्षेप बारेमा मौन बस्छन् । यिनलाई थाहा छ करोडौं लगानी ओइराएर दुर्गम इलाकाका जनताको संस्कृति मास्न इसाईकरण द्रुतगतिमा भैरहेको छ ।


यिनलाई थाहा छ ब्राह्मणवाद विरुद्धमा लड्न भन्दै अर्ध दस्ता तयार गरिरहेको जानकारी यिनलाई राम्रोसँग थाहा छ यी सबै कुरामा यिनी जानकार छन् तर बोल्दैन किनकि यहाँ कोही अन्ना हजारे छैन, जसले चन्दा दिनेको नामावली ठेगान सार्वजनिक गरेर अभियान छेडोस् !! त्यसैले यी राजनीतिक फाँटमा उतारेका हिरो यस्तो विषयमा फिटिक्क बोल्दैन किनकि जोड्दार अभियानको लागि खर्च चाहिन्छ । खर्चको लागि सबको मालिक एक ! बाँकी बुझ्ने जिम्मा पाठकहरुमा………… !!


मोहन लामा रुम्बा 
काठमाडौँ 
जनता कि भिंड ? पर्दा पछाडि निर्देशन कसको ?